काठमाडौं । स्याकार ट्रेडिङले नेपाल ल्याएको होन्डा सीआरएफ ३०० एल र ३०० एल र्याली मोडल केही दिनमा नै ‘सोल्ड आउट’ भएको छ । चार महिना अघि अन्तर्राष्ट्रिय बजारमा आएको सीआरएफ ३०० एल र ३०० एल र्याली नेपालमा पनि धेरैको आकर्षण रहेको थियो ।
उत्कृष्ट अफरोड क्षमता, सार्प लुक्स र आधुनिक फिचर लोडेड यी दुबै मोटरसाइकलमा २८६ सीसी लिक्विड कुल्ड इन्जिन रहेको छ । उक्त इन्जिनले ८५०० आरपीएममा २७.३२ पीएस पावर र ६५०० आरपीएममा २६.६ एनएम टर्क जेनेरेट गर्छ । स्लीपर क्लचसहितको ६ स्पीड गियरबक्स उपलब्ध ३०० एल मोडलमा ८ लिटर र र्याली मोडलमा १२.८ लिटर क्षमताको इन्धन ट्यांकी रहेको छ ।
दुबै चक्कामा डिस्क ब्रेक दिइएको दुवै मोटरसाइकलमा ड्युअल च्यानल एबीएस पाउन सकिन्छ । कम्पनीले यी मोटरसाइकलमा स्पोक ह्वील दिएको छ ।
सीआरएफ ३०० सिरिजमा हाई माउन्टेड एक्जस्ट, ठूलो मडगार्ड, रामदायी सिट, पूर्ण डिजिटल क्लष्टर, ड्यासबोर्ड, डेटाइम रनिङ लाइट सहितको एलइडी हेडल्याम्प, ३०० र्याली मोडलमा टल विन्डस्क्रृन, स्कीड प्लेट जस्ता विशेषत उपलब्ध रहेको छ ।
स्याकार ट्रेडिङले सीआरएफ ३०० एलको मूल्य १७ लाख ५० हजार र ३०० र्यालीको १९ लाख ५० हजार रुपैयाँ तोकेर विक्री गरेको थियो ।

