क्रसफायरका मोटरसाइकलमा नगद छुट अफर, एचजे २५० को बुकिङ खुल्ला

काठमाडौं । क्रसफार तथा इटालीका मोटरसाइकलको लागि नेपालको आधिकारिक वितरक क्लासिक ह्वील इम्पोर्ट एन्ड एक्सपोर्टले नयाँ अफर ल्याएको छ । कम्पनीले नगद छुट तथा एक्सचेन्जमा बोनससहितको मनसुन अफर ल्याएको हो ।

कम्पनीका अनुसार क्रसफायर मोटरसाइकल र इटालीका स्कुटरमा समान नगद १० हजार रुपैयाँ छुट दिने भएको हो । नगद छुटका लागि ग्राहकले नगदमा मोटरसाइकल किन्नु पर्ने हुन्छ । त्यस्तै एक्सचेन्ज मार्फत मोटरसाइकल खरिद गर्दा मोटरसाइकलको मूल्याङ्क बजार मूल्य भन्दा १५ हजार थप दिने कम्पनीले जनाएको छ ।

यसका अलावा क्रसफायर मोटरसाइकल बुकिङ गर्दासमेत बोनस पाइने छ । ग्राहकले मोटरसाइकल बुकिङ गर्दा ५० प्रतिशतभन्दा कम रकम बुझएमा ५ हजार र ५० प्रतिशतभन्दा धेरै रकम बुझाएर बुकिङ गर्दा १० हजार रुपैयाँ नगद डिस्काउन्ट प्राप्त गर्न सकिने जनाएको छ ।

त्यसैगरी कम्पनीले फाइनान्समा मोटरसाइकल किन्न चहाने ग्राहकका लागिसमेत अफर ल्याएको छ । कम्पनीका अनुसार फाइनान्समा मोटरसाइकल किन्ने ग्राहकले ५ हजार नगद छुट पाउने छन् । यो योजना क्रसफायर र इटालीका सबै मोडलमा लागु हुने कम्पनीले जनाएको छ । असार २२ गतेदेखि सुरु भएको यो योजना श्रावन ७ गतेसम्म संचालन हुनेछ ।

कम्पनीले क्रसफायर एचजे २५० बुकिङ खुल्ला गरेको छ । केही समय अगाडि यो मोटरसाइकल सोल्ड आउट भएको थियो । हाल ग्राहकले यो मोटरसाइकल बुक गरेर किन्न सक्नेछन् । क्रसफायर एचजे २५० मा २५० सीसी लिक्वीड कुल्ड इन्जिन रहेको छ । एचजे २५० नेपाली बजारमा लोकप्रिय डर्ट बाइकको रुपमा परिचित रहेको छ । यसको मूल्य ६ लाख ४५ हजार निर्धारण गरेर विक्री गर्दै आएको छ ।


Back_to_top