३ लाख ४० हजार रुपैयाँमा क्रसफायर मोटरसाइकल किन्न सकिने

काठमाडौं । क्रसफायरले नयाँ वर्ष स्कीममा ट्रयाकर २५० मोटरसाइकलमा ३० हजार नगद छुट दिने भएको छ । कम्पनीले सार्वजनिक गरेको नयाँ वर्ष २०८१ स्कीममा क्रसफायर ट्रयाकर २५० अब ३ लाख ४० हजार रुपैयाँमा नै किन्न सकिने भएको हो ।

कम्पनीले ल्याएको नयाँ वर्ष नयाँ जोस स्कीममा नगद छुटका अलावा हरेक मोटरसाइकलको खरिदमा ग्राहकले प्रिमियम हेलमेट निःशुल्क पाउने छन् ।

यो स्कीममा कम्पनीले एक्सचेन्स सुविधा समेत उपलब्ध गराएको छ । कुनैपनि पुरानो मोटरसाइकलसँग ग्राहकले क्रसफायरको नयाँ मोटरसाइकल साट्न सक्नेछन् । एक्सचेन्ज मार्फत मोटरसाइकल किन्दा बजार मूल्यमा ३० हजार थप मूल्याङ्कन दिने कम्पनीले जनाएको छ ।

क्रसफायर तथा इटालीका मोटोको नेपालका लागि आधिकारिक विक्रेता क्लासिक ह्वील नेपाल भर रहेको क्रसफायर शोरुममा यो स्कीम उपलब्ध रहेको जनाएको छ ।

नयाँ वर्ष स्कीममा ग्राहकले क्रसफायर ट्रयाकर ३ लाख ४० हजारमा नै किन्न सक्नेछन् । ट्रयाकरको मूल्य ३ लाख ७० हजार रुपैयाँ रहेको छ ।


Back_to_top