१८ महिनाको किस्तामा क्रसफायर आरएम २५०, यस्तो छ मासिक किस्ता

Reference Image

काठमाडौं । क्रसफायर मोटरसाइकल नेपाली बजारमा लोकप्रिय भइरहेको छ । डर्ट मोटरसाइकलका पारखीहरुको पहिलो रोजाई बन्न सफल क्रसफायर अलग पहिचान बनाउन सफल ब्राण्ड हो ।

क्रसफायर मोटरसाइकललाई क्लासीक ह्वील इम्पोर्ट एण्ड एक्सपोर्टले नेपाली बजारमा उपलब्ध गराउँदै आएको छ । कम्पनीले ग्राहकको मागलाई मध्यनजर गर्दै फाइनान्स सुविधा उपलब्ध गराउदै आएको छ ।

क्रसफायरका मोटरसाइकल कम्पनीले उपलब्ध गराएको फाइनान्स सुविधामा खरिद गर्दा मूल्यको ५० प्रतिशत रकम डाउन पेमेन्ट गर्नु पर्छ । अन्य कम्पनीले ५० प्रतिशत डाउन पेमेन्टमा व्याज नलाग्ने स्कीम चलाइरहेको भएपनि क्रसफायरले ५० प्रतिशत डाउन पेमेन्ट गरेपनि १६ प्रतिशत ब्याजमा कर्जा दिने स्कीम ल्याएको हो । कर्जा पनि १८ महिनामा भुक्तानी गरिसक्नु पर्ने हुन्छ ।

यो स्कीममा ग्राहकले ७ लाख ४८ हजार मूल्य रहेको आरएम २५० रेस एडिशन खरिद गर्दा ३ लाख ७४ हजार रुपैयाँ डाउन पेमेन्ट गर्न पर्ने हुन्छ । यसरी डाउन पेमेन्ट गरेर बाँकी रहेको रकम १८ महिनाको किस्तामा हरेक महिना तिर्नु पर्ने रकमको लागि यहाँ क्लिक गर्नुहोस् ।

याे स्कीममा ग्राहकले हेलमेट निशुल्क प्राप्त गर्नेछन ।

यस्तो छ मोटरसाइकल

क्रसफायर आरएम २५० मा २४९.६ सीसी सिंगल सिलिन्डर, ४ भल्भ, ४ स्ट्रोक वाटर कुलिङ इन्जिन रहेको छ । यो इन्जिनले ३० बीएच पावर तथा २२.५ एनएम टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीडको गियरबक्स जडान गरिएको छ ।

यो मोटरसाइकलको मोटार्ड भर्सनमा दुबै तर्फ १७ इन्चको टायर र स्पोक ह्वील दिइएको छ । यसको डार्ट भर्सनमा भने फ्रन्टमा २१ र रियरमा १८ इन्चको टायर पाउन सकिन्छ । त्यस्तै यसको दुबैतर्फ डिस्क ब्रेक दिइएको छ । फ्रन्टमा २९० एमएम र रियरमा २४० एमएमको डिस्क ब्रेक उपलब्ध छ । त्यस्तै यसमा अल एलइडी लाइट्स पाउन सकिन्छ ।

 


Back_to_top