बीएमडब्लूका पूर्व डिजाइन प्रमुख, जसले दिए ‘दीपल ई ०७’को स्वरूप

काठमाडौं । काठमाडौं । अटोमोबाइल डिजाइन विश्वको चर्चित नाम हो, क्लाउन जिक्योरा । जसले विश्वचर्चित युरोपियनदेखि हाल चम्किरहेको चिनियाँ ईभीसम्मको डिजाइन गरेका छन् ।

सन् १९६१ मा जर्मनीको ह्याम्बर्गमा जन्मिएका जिक्योराले ब्रस्वेग युनिभर्सिटी अफ आर्टबाट इन्डस्ट्रियल डिजाइनको अध्ययन गरेपछि आफ्नो क्यारियर फक्सवागनमा सुरू गरेका थिए ।

तीन दशकभन्दा लामो समयको यात्रामा उनी इन्टेरियर डिजाइनबाट हेड अफ एक्सटेरियर डिजाइन हुँदै अन्ततः फस्कवागन ग्रुपको सम्पूर्ण डिजाइन प्रमुख बने । जहाँ उनले फक्सवागन आईडी सिरिज जस्ता आधुनिक ईभीको डिजाइन परियोजनामा महत्वपूर्ण भूमिका खेले ।

सन् २०२३ को अक्टोबारमा जिक्योराले करियरमा अर्को ठूलो फड्को मारे । उनी चांगान अटोमोबाइलका भाइस प्रेसिडेन्ड तथा ग्लोबल हेड अफ डिजाइन नियुक्त भए । यस भूमिकामा उनले विश्वभरका डिजाइन टिमहरू नेतृत्व गर्दै युरोपेली डिजाइन शुद्धता र अत्याधुनिक ईभी इनोभेसनको संयोजनमा नयाँ पुस्ताका गाडीहरू विकास गरिरहेका छन् ।

उनको सबैभन्दा महत्वकांक्षी परियोजनामध्ये एक हो दीपल ई०७ । यो साधारण एसयूभी होइन । परम्परागत ढाँचाबाट सीमित नहुँदै जिक्योराले एक पूर्णरूपले नयाँ सोच अपनाए । एउटा यस्तो गाडी उसले एसयूभीको आराम युटिलिटीको व्यवहारिकता र आधुनिक जीवनशैलीको लचिलोपनालाई एउटै प्लेटफर्ममा समेट्छ । यही सोचबाट जन्मिएको थियो ट्रान्सफर्मर एसयूभी अवधारणा ।

ई०७ को ट्रान्सफर्मेसन क्षमता केबल डिजाइन शैलीमा मात्र सीमित छैन । यसको संरचना नै यस्तो बनाइएको छ कि यसले विभिन्न प्रयोग परिस्थितिहरूमा आफूलाई रूपान्तरण गर्न सक्छ । यात्रु बोक्न, सामग्री ढुवानी गर्न, एड्भेन्चरको तयारी गर्न वा विभिन्न जीवनशैली अनुसार आफूलाई अनुकूल बनाउन । यो अवधारणा जिक्योराको युजर सेन्ट्रिक डिजाइन दर्शनबाट जन्मिएको हो । जहाँ गाडी केबल हेर्ने वस्तु होइन, मानिसको जीवनसँग मिलेर चल्ने समाधान बन्नुपर्छ ।

जिक्योराको डिजाइन सोच सरलता, अनुपात, भावनात्मक स्पष्टता र व्यवहारिक उद्देश्य ई ०७ को हरेक रेखा र बनावटमा झल्किन्छ । यो केबल भविष्यवादी देखिने गाडी होइन, यो सोचेर उद्देश्यका साथ सिर्जना गरिएको मेसिन हो ।

दीपल ई ०७ को डिजाइनमार्फत क्लाउनस जिक्योराले केबल एउटा एसयूभी निर्माण गरेका छैनन्, उनले आधुनिक ईभीको नयाँ परिभाषा नै रचेका छन् । बहुआयामिक, रूपान्तरणशील र वास्तविक रूपमा नवप्रवर्तनशली ।


Back_to_top