दीपल ईभी पोखरामा सार्वजनिक, ३ दिने एक्सचेन्ज मेला हुँदै

पोखरा । नेपालका लागि चांगानको आधिकारिक बिक्रेता एमएडब्ल्यू वृद्धिले पर्यटकीय राजधानी पोखरामा दीपल ईभी सार्वजनिक गरेको छ ।

शुक्रबार पोखरामा आयोजित विशेष कार्यक्रममा गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री बिन्दुकुमार थापा, दीपल ईभीका ब्रान्ड एम्बास्डर पारस खड्का, चांगानको पोखरा डिलर हिमालय अर्गनाइजेसनकी संस्थापक मिलन थापा तथा डाइरेक्टर सौरभ थापाले संयुत्तः रुपमा दीपल एस ०७ र एल०७ ईभी सार्वजनिक गरेका हुन् ।

चांगान पोखराकी संस्थापक मिलन थापाले दीपल ब्रान्डलाई लिएर आफू निकै उत्साहित रहेको बताइन् । ‘औपचारिक रुपमा पोखरामा सार्वजनिक हुनुभन्दा पहिले नै हामीले बजारबाट निकै राम्रो प्रतिक्रिया पाउन थालिसकेका छौं,’ उनले भनिन् ।

त्यसैगरी, चांगान नेपालका मार्केटिंग हेड रमेश दनेखूले एमएडब्ल्यू ग्राहक सन्तुष्टिमा प्रतिबद्ध रहेको बताए । ‘चांगान चीनको सबैभन्दा पुरानो अटोमोबाइल कम्पनी हो जसको एकसय ६२ वर्ष लामो विरासत छ । र नेपालमा यसलाई प्रतिनिधित्व गर्न पाउँदा एमएडब्ल्यू गर्व गर्छ,’ उनले भने,  ‘नेपालमा सार्वजनिक भएको पाँच महिनामै पाँच सयभन्दा दीपल विक्री भएका छन् र उहाँहरू सबैजना यसको डिजाइन र टेक्नोलोजीका कारण सन्तुष्ट छन् ।’

दीपल फ्युचरिस्टिक डिजायन र कटिंग एज टेक्नोलोजीले भरिएको ईभी हो । दीपलमा वेलकम सिट, सनफ्लावर टचस्क्रीन, अग्मेन्टेड रियालिटी हेडअप डिस्प्ले, जेस्चर कन्ट्रोल, हेडरेड र आउट डोर स्पिकर लगायत १५ भन्दा बढी फस्ट टाइम फिचरहरू छन् ।  जसका कारण यो ईभी नेपाल बजारमा छोटो समयमै लोकप्रिय बन्न सफल भएको छ ।

साेमबारदेखि एक्सचेन्ज एन्ड टेस्ट ड्राइभ क्याम्प

एमएडब्ल्यू वृद्धिले भाेलिदेखि पोखराकै सबैभन्दा ठूलो एक्सचेन्ज एन्ड टेस्ट ड्राइभ क्याम्पकाे आयोजना गर्ने भएकाे छ । जहाँ ग्राहकले  दीपल, सेरस र नामीले नाडा अटो शोमा जारी गरेको विशेष अफर उपयोग गर्न सक्नेछन् ।

उक्त अफर अन्तर्गत दीपल एस ०७ बजेट अघिको मूल्य  ७१ लाख ९९ हजार रुपैयाँमा खरिद गर्न सक्नेछन् ।  साथै, नयाँ सेरेस ३ लाई ४५ लाख ४९ रुपैयाँमा खरिद गर्न पाउने छन् भने नामी ईभीमा ७ किलोवाटको चार्जर पाउने छन् ।

ग्राहकले हरेक टेस्ट ड्राइभ र पुरानो गाडीको मूल्यांकनमा आकर्षक उपहार पाउने छन् । यसबाहेक ‘अनस्पट फाइनान्सिंग’ र ‘अनस्पट डेलिभरी’ पनि लिन सक्नेछन् ।


Back_to_top