काठमाडौं । दीपल एस०५ ले जेडी पावर २०२६ चाइना गुणस्तर जाँचमा प्योर इलेक्ट्रीक एसयूभी सेग्मेन्टमा पहिलो स्थान हासिल गरेको छ ।
एस०५ ले जेडी पावर एनईभी इनिसियल क्वालिटी स्टडीमा शीर्ष स्थानमा रहन सफल भएको हो ।
तीव्र गतिमा विस्तार भइरहेको चिनियाँ ईभी बजारमा उपलब्ध ईभीको गुणस्तरीयता जाँचमा जेडी पावर सबैभन्दा आधिकारिक मापदण्ड मानिन्छ । सन् २०२६ को जेडी पावर जाँच चीनका ८१ सहरमा ४९ ब्राण्डका १३७ मोडेलमाथि २१ हरूजार १७७ जना गाडी धनीहरूसँग प्रतिक्रिया लिएर बनाइएको हो ।
यो जाँचमा दुईदेखि ६ महिरूनाको स्वामित्व भएका ग्राहकको प्रतिक्रिया लिइएको थियो । सफ्टवेयर र एडास जटिलता लगायतका कारणले चिनियाँ बजारले गुणस्तर सम्बन्धी बढ्दो चुनौतीको सामना गर्दै आएको बेला दीपल एस०५ ले बलियो इन्जिनियरिङ र उत्पादन गुणस्तरमा पहिलो स्थान हसिल गरेको हो ।
करिब एक वर्षअघि सार्वजनिक भएको दीपल एस ०५ विश्वका ७० भन्दा बढी देशका बिक्री भइरहेको छ । हरूालसम्म २ लाख युनिट बिक्री भइसकेको छ । दीपल एस०५ चीनबाट निर्यात हुनेमध्ये सबैभन्दा सफल ईभी हो ।
नेपाली बजारमा पनि दीपल एस ०५ ले लोभलाग्दो सफलता हासिल गरिरहेको छ । ४.६२ मिटर लामो यो एसयूभीमा २.८८ मिटर ह््वीलबेस छ । यो बीईभी र ईआरईभी दुवै भर्सनमा उपलब्ध छ ।
नेपालमा बीईभी मोडलमा उपलब्ध एस ०५ मा ९९ किलोवाट मोटर, ५६.१ किलोवाट आवर लिथियम आइरन फस्फेट ब्याट्रीप्याक छ । जसले एकपटकको फुलचार्जमा ४०५ किलोमिटर रेन्ज दिने डब्लूएलटीपीले प्रमाणित गरेको छ ।
गुणस्तर जाँचमा पहिलो स्थानको उपलब्धीले स्टाइलिस, टेक्नोलोजी ड्रिभन र विश्वसनीय ईभी खरिद गर्न चाहने नेपालीका लागि दीपल एस०५ उत्कृष्ट विकल्प समेत हो ।

