काठमाडौं । चांगानको सब ब्राण्ड दीपल अटोमोबाइलले उत्पादन गरेका दुई कारले ग्लोबल डिजाइन अवार्ड जितेका छन् ।
इटालीको टुरिनमा जारी अटो शोको अवसरमा आयोजना भएको टुरिनो अटोमोटिभ डिजाइन अवार्ड (टाडा) मा दीपल एस ०७ ले बेस्ट एक्टेरियर डिजाइन अवार्ड र दीपल एस०५ ले बेस्ट ह्युमन सेन्टिङक इन्टेलिजेन्ट इन्टिग्रसन अवार्ड जितेको छ ।
यी उपलब्धीहरूले चांगानको विश्वव्यापी डिजाइन क्षमता र सौन्दर्यलाई स्मार्ट प्रविधिसँग संयोजना गर्ने प्रतिबद्धतालाई जोड दिन्छ ।
‘पिमोन्टे मिट चाइना’ अवधारणमा सुरु भएको टाडा अवार्ड विशेषगरी युरोपेली बजारमा चिनियाँ अटोमोबाइल निर्माता कम्पनीहरूको डिजाइन योगदानमा केन्द्रित छ । टुरिनका प्रतिष्ठित संस्थाहरूले नेतृत्व गरेको यो पुरस्कार पाँच वटा डिजाइनका क्षेत्रमा सर्वश्रेष्ठ उत्पादनलाई प्रदान गरिन्छ । जसमा एक्टेरियर डिजाइन , इन्टेरियर डिजाइन, ह्युमन सेन्ट्रिक इन्टिग्रेसन, मेटेरियल एन्ड सस्टेनेबिलिटी र इनोभेटिभ फिचर पर्छ ।
विजेताहरूलाई २०२५ सेप्टेम्बर २६ मा टुरिनको पालाजो मादामा भएको भव्य समारोहमा इटालीका अग्रणी अटो डिजाइन संस्थानका निर्णायक मण्डले चयन गरेका हुन् ।

निर्णायक मण्डलले दीपल एस०७ लाई यसको आकर्षक एक्सटेरियल डिजाइन, डाइनामिक प्रोपेर्सन र भिजुअल हार्मोनीमार्फत अन्तर्राष्ट्रिय बजारमा चिनियाँ अटो डिजाइनको मापदण्ड स्थापित गरेको भन्दै यो पुरस्कार प्रदान गरेको हो ।
त्यसैगरी, दीपल एस०५ लाई यसको एड्भान्स्ड् ह्युमन मेसिन इन्टरफेस, इन्टेलिजेन्ट फिचर र टेक्नोलोजीसँग सिमलेस इन्टिग्रेसनका लागि बेस्ट ह्युमन सेन्ट्रिक इन्टेलिजेन्ट इन्टिग्रसन अवार्ड दिइएको हो ।
चांगानको डिजाइन क्षमताको अन्तर्राष्ट्रिय रुपमा प्रशंसा बढिरहकै बेला यी अवार्डहरू दिइएको हो । दीपल एस०५ ले यसै वर्ष डिजाइन इनोभेसन र इन्टरेक्टिभ ककपिट फिचरका लागि प्रतिष्ठित आईएफ डिजाइन अवार्ड हासिल गरेको थियो ।
‘टाडा एउटा पुरस्कार मात्र होइन, यो चिनियाँ अटोमोबाइल निर्माताहरू विश्वको सबैभन्दा उच्च डिजाइन स्तरमा प्रतिस्पर्धा गर्न सक्ने विश्वासको प्रमाण हो,’ टुरिन अटो शोका अध्यक्ष तथा टाडा कार्यकारी समितिका प्रमुख आन्द्रेआ लेबीले भने, ‘यो पुरस्कार महत्वपूर्ण छ किनभने हामी चिनियाँ कारहरू प्रविधिमा मात्र होइन डिजाइनमा पनि अब्बल छन् भन्ने मान्यता दिन चाहन्छौं ।’
टाडा चिनियाँ र युरोपेली अटो बजार बीच सहकार्यलाई बढावा दिने उद्देश्यले स्थापित पहिलो प्रोफेस्नल अटोमोटिभ डिजाइन अवार्ड हो । चांगान दिपल आफ्नो विश्वव्यापी विस्तारलाई अगाडि बढाउँदै गर्दा यी अवार्डहरूले ब्रान्डको डिजाइन विश्वसनीयतालाई अझ बलियो बनाइरहेको छ । चांगान डिजाइन, प्रविधि र युजर एक्सपिरियन्सको सीमालाई अझ फराकिलो बनाउने प्रतिबद्धता जाहेर गर्छ ।

