दुई डोमिनार मोटरसाइकलः पावर १३ पीएस बढी, मूल्य ५ हजार फरक

काठमाडौं । सरकारको कर नीति साना र ठूलामा उस्तै हुँदा कसरी बस्तुको मूल्य निर्धारण हुन्छ भन्ने कुरा बजाजको दुई मोटरसाइकलको मूल्यलाई हेर्दा पुग्छ ।

बजाजले डोमिनार सिरिजमा दुई मोटरसाइकल बिक्री गर्दै आएको छ । यी दुई मोडलमा रहेको इन्जिन क्षमतामा झण्डै १२५ सीसीको अन्तर छ । तर, मूल्य भने केवल ५ हजार रुपैयाँ मात्रै फरक पाउन सकिन्छ ।

सरकारले नयाँ कर निर्धारण गरेसँगै बजार डोमिनार ४०० को मूल्य घट्यो र ५ लाख ९९ हजार ९०० रुपैयाँ निर्धारण भयो । त्यहि डोमिनार २५० को मूल्य परिवर्तन भएन र यसको मूल्य ५ लाख ९४ हजार ९०० रुपैयाँ नै कायम भयो । इन्जिन क्षमताको आधारमा कर लगाउने हुँदा पनि यी दुई मोटरसाइकलमा खासै फरक भएन ।

भारतमा उत्पादन हुने यी दुबै मोटरसाइकलको त्यहाँ मूल्य ४६ हजार २४ भारतीय रुपैयाँ फरक छ । डोमिनार ४०० को मूल्य २ लाख २९ हजार ७८१ भारतीय रुपैयाँ र डोमिनार २५० को मूल्य १ लाख ८३ हजार ७५७ रुपैयाँ छ । करका दर बनाउँदा नीति निर्माताले ध्यान नदिदा यस्तो समस्या परेको हो ।

नेपालकाे मूल्य

यदि सहि कर निर्धारण हुन्थ्यो भने कम्तीमा १ लाख १० हजार रुपैयाँसम्मको अन्तर यी दुई मोडलमा हुनु पथ्र्यो । यसले नेपालमा साना मोटरसाइकल किन्नेलाई भन्दा ठूला किन्नेलाई बढी फाइदा पुगेको देखियो ।

बजाज डोमिनार ४०० मोडलमा ३७३.३ सीसी क्षमताको इन्जिन पाउन सकिन्छ । उक्त इन्जिनले अधिकतम ४० पीएस पावर र ३५ एनएम टर्क प्रदान गर्छ ।

डोमिनार २५० मा भने केवल २४८.७७ सीसी क्षमताको इन्जिन दिइएको छ । उक्त इन्जिनले केवल २७ पीएस पावर र २३.५ एनएम टर्क प्रदान गर्छ ।


Back_to_top