काठमाडौं । लक्ष्मी इमोविलिटीले नेपाल ल्याएको डोङफेङ फरथिङ फ्राइडे काठमाडौंमा देखिएको छ । ‘अन टेस्ट’ स्टीकरसहित देखिएको फरथिङ फ्राइडे आगामी नाइमा अटो शो २०२५ बाट बिक्री सुरु हुने अनुमान गरिएको छ ।

फरथिङले ल्याएको फ्राइडे एसयूभीमा ६४.४ किलोवाट आवरको लिथियम आयोन फस्फेट ब्याट्री प्याक छ । उक्त ब्याट्री प्याकलाई ११ किलोवाटको एसी चार्जरले ५.५ घण्टामा फुलचार्ज गर्ने कम्पनीले जनाएको छ ।
त्यस्तै, १२० किलोवाट आवारको डीसी फास्ट चार्जरले ३५ मिनेटमा ३० बाट ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ । फरथिङ दुई भेरियन्टमा उपलब्ध हुनेछ । यसको सुरुवाती मूल्य ५७ लाख हाराहारी हुने बताइएको छ ।






