काठमाडौं । नेपाली बजारमा धमाधम नयाँ–नयाँ ब्राण्डका सवारीसाधन भित्रिरहेका छन् । विश्वबजारमा उपलब्ध टु–ह्वीलर तथा फोर–ह्वीलर सवारीसाधनहरू नेपाली बजारमा बिक्री–वितरण भइरहेको छ ।
यसै सन्दर्भमा नेपाली बजारमा चाइनिज होम–ब्राण्ड डोङ्फेङ् सकोन (डीएफएसके) को ग्लोरी–५८० मोडलको एसयूभी भित्रिएको छ । चाइनाको सरकारी कम्पनी डोङ्फेङ् मोटर कर्पाेरेसनको स्वामित्वमा रहेको डीएफएसके वर्डक्लास क्वालिटीको टेक्नलोजी र सर्भिसका लागि प्रसिद्ध रहेको छ ।
चाइनाको अटो इन्डष्ट्रीमा पहिलो यस्तो कम्पनी हो, जसले यूरो–३, यूरो–४, यूरो–५ तथा यूरो–६ को सर्टिफिकेट पाएको छ । यो कम्पनी सन् २०१२ देखि चाइनाको अटो इन्डष्ट्रीको नम्बर १ एक्सपोर्ट कम्पनीसमेत रहेको छ ।
डोङ्फेङ् मोटर कर्पोरेसनको सब्सिडेरी–ब्राण्डको रुपमा सन् २००३ मा स्थापना भएको यस कम्पनीले कम्प्याक एमपीभी, कम्प्याक एसयूभीकासाथै कमर्सियल भेहिकलहरू मिनी–पिकअप तथा मिनीबसको समेत उत्पादन गर्छ ।
यस कम्पनीको विश्वका धेरै अटो ब्राण्डहरूसँग चाइनामा प्रोडक्सनको पार्टनरसिप रहेको छ । जापानिज ब्राण्डहरू होन्डा, निसान, त्यस्तै युरोपियन ब्राण्डहरू प्यूजो, रेनो, सिट्रोन तथा कोरियन ब्राण्ड किया यसको फ्याक्ट्रीमा उत्पादन हुने गरेको छ ।
हाल डीएफएसके ब्राण्डका गाडीहरू नेपाललगायत युरोप, ल्याटिन अमेरिका, अफ्रिका, एसिया तथा मिडल–इस्टका ६१ देशहरूमा निर्यात भइरहेको छ । डिएफएसकेको फ्याक्ट्री चाइना तथा इन्डोनेसियामा रहेको छ ।
यस्तो छ, ग्लोरी–५८०
नेपाली बजारमा कुजु नेपाल प्रालीले ल्याएको डीएफएसकेको ग्लोरी–५८० मोडल एक कम्प्याक एसयूभी हो । यो एसयूभी सेभेन–सिटको सुविधासहितको रहेको छ । यसमा १.५ लिटरको टर्बोचाज्र्ड इन्जिन रहेको छ । जसमा ६ वटा अटोमेटिक सीभीटी ट्रासमिसन रहेको छ ।
यसको लम्बाई ४६८०, चौडाई १८४५ तथा उचाई १७१५ एमएमको रहेको छ । यसको इन्जिनले १४८ बीएचपी पावर तथा २२० एनएम–टर्क उत्पादन गर्छ । यसमा १७ इन्चको अलोय ह्वील रहेको छ भने यसको ग्राउण्ड क्लियरेन्स–२०० एमएम रहेको छ ।
अगाडि बम्परमा तीनवटा लाइनमा रहेको क्रोम फिनिसिङ्गले यसलाई स्पोर्टी देखाएको छ । यसमा प्रोजेक्टरसहितको एलईडी डेटाइम रनिङ्ग–लाइट रहेको छ, जसलाई लायन आई–सेपमा डिजाइन गरिएको छ ।
बडी–कलर बम्परलाई अगाडिको साइडबाट तानेर कर्भी बनाएको छ । साइडमा देखिने कर्भी डिजाइनले यसलाई अझ आकर्षक बनाएको छ । यसको रियरमा ब्ल्याक–कलरको बम्पर रहेको छ भने रियर विन्डोमा डिफोस्टर तथा वाइपर रहेको छ । रियर विन्डोको माथि रहेको स्पोइलर तथा सार्कफिन एन्टेनाले यसको ब्याक–प्रोफाइल पनि उत्कुष्ट देखाएको छ । रियरमा ड्यूलटोन सिसेपको ब्याक–लाइट रहेको छ ।
ग्लोरी–५८० को इन्टेरियर आकर्षक रहेको छ । ड्यूल–टोन ड्यासबोर्ड तथा १० इन्चको स्क्रिनसहितको इन्फोटेन्मेन्ट सिस्टमले क्याविनलाई लग्जरियस फिल गराउँछ । थ्री–स्पोक स्टेरिङ्ग ह्वीलमा अडियो, फोन तथा क्रूज कन्ट्रोलको माउन्टेड सुइज रहेको छ ।
आफ्नो हिसाबले एड्जस्ट गर्न मिल्ने स्टेरिङ्ग ह्वीलमा क्रोमको प्रयोगले स्पोर्टी देखाएको छ । यसमा ड्यासबोर्डमाथि रहेका मिररसँगै अट्याच भेहिकल रनिङ्ग रेकर्डर रहेको छ, यो फिचर सेग्मेन्टमै पहिलो हो । यसको सिटमा राम्रो क्वालिटीको लेदरको सिट–कभर रहेको छ ।
क्याविनमा रहेको पानारोमिक सन्–रुफले यो एसयूभीलाई अझ आकर्षक बनाएको छ । चालकको आरामका लागि सिक्स–वे एड्जस्टेवल ड्राइभर–सिट रहेको छ भने अगाडि प्यासेन्जरको सिट फोर–वेमा एड्जस्ट गर्न सकिन्छ । यसको सेकेन्ड–रोमा रहेको सिटमा आर्म–रेस्ट पनि रहेको छ । यो एसयूभीमा सुरक्षाका लागि सम्पूर्ण आधुनिक फिचरहरू रहेको छ ।
यसमा ईबीडीसहितको एबीएस, इलेक्ट्रोनिक स्ट्याबिलिटी प्रोग्राम, ब्रेक असिस्ट सिस्टम, इलेक्ट्रोनिक पार्किङ्ग ब्रेक, टुइन–साइड तथा कर्टन एयरव्याग, रिभर्स पार्किङ्ग सेन्सर तथा क्यामरा रहेको छ । यो एसयूभीले एन–क्यापको क्रयास टेस्टिङ्गमा फाइभ–स्टार रेटिङ्ग पाएको छ ।
कुजु नेपाल प्रालिले फोर–एस (स्टोर, सर्भिस, स्पेयर्स, सेल्स) को अवधारणामा काम गरिरहेको छ । कम्पनीले यसको शोरुम काठमाडौंको पानीपोखरीमा निर्माण गरिरहेको जानकारी दिएको छ । यो शोरुम अबको केही हप्तामै उद्घाटन हुनेछ । शोरुमसँगै कुजुले डीएफएसकेका लागि आधिकारीक सर्भिस स्टेसन पनि ललितपुरको यूएन–पार्क अगाडि ज्वागलमा निर्माण गरिरहेको छ ।
ग्लोरी–५८० को नेपाली बजारमा लग्जरी भेरियन्टमात्र उपलब्ध रहेको छ भने यसको मूल्य कम्पनीले ६९ लाख ९९ हजार ५ सय राखेको छ ।


