काठमाडौं । अस्ट्रियाको टु–ह्वीलर कम्पनी केटीएमले केही समय अगाडि भारतीय बजारमा आफ्नो नयाँ मोडल डूक-१२५ सार्वजनिक गरेको थियो । कम्पनीको इन्ट्रीलेवल सेग्मेन्ट डूक-१२५ को एक्स शोरुम मूल्य १ लाख १८ हजार १ सय ६३ भारतीय रुपैयाँ निर्धारण गरेको छ । विशेषतः युवापुस्ता लक्षित यस मोडलबारे जान्नैपर्ने केही तथ्य यस्ता छन् ।
पावरफूल
केटीएम ड्यूक-१२५ लाई यो सेग्मेन्टअन्तर्गत सबैभन्दा पावरफूल मोटरसाइकलको रुपमा लिइन्छ । यसमा उपलब्ध १२४.७ सीसी लिक्विड-कुल्ड सिङ्गल सिलिन्डर इन्जिनले ९ हजार २ सय ५० १४.५ एचपी पावरकासाथै ८ हजार आरपीएममा १२ एनएम-टर्क उत्पादन गर्छ । यसको इन्जिनमा सिक्स-स्पीड गियरबक्स लगाइएको छ ।
एबीएसको विशेषता
यस मोटरसाइकल एबीएसको विशेषता उपलब्ध छ । यो विशेषता उपलब्ध केटीएम ड्यूक-१२५ सुरक्षित मोटरसाइकलका रुपमा लिइन्छ । ड्यूक-१२५ यो सेग्मेन्टअन्तर्गत एबीएस विशेषता समेटिएको पहिलो मोटरसाइकल हो ।
ड्यूक-२०० को जस्तै स्टाइल
यो मोटरसाइकलमा केटीएम ड्यूक-२०० को स्टाइल दिइएको छ । यसमा उपलब्ध टीएफटी इन्स्ट्रुमेन्ट क्लस्टर, एलईडी हेडल्याम्प, आकर्षक बडीले निकै अग्रेशिप-लूक दिएको छ । साथै, यस मोटरसाइकलमा टीएफटी कलर-डिस्प्ले, ब्लू–टुथ स्मार्टफोन इन्टीग्रेसन, फूल-एलईडी हेडल्याम्प, मेटजेलर टायर, ड्यूल च्यानल एबीएस डूक-१२५ मा उपलब्ध छ । मोटरसाइकलको सिटको हाइट ८१८ मिलिमिटर रहेको छ । साथै, यसको कुल तौल १४८ किलोग्राम रहेको छ ।
टपस्पीड क्षमता
यो मोटरसाइकलको टपस्पीड क्षमता १२० किलोमिटर प्रतिघन्टा रहेको छ ।
मूल्य
ड्यूक-१२५ को मूल्य १ लाख १८ हजार भारतीय रुपैयाँ रहेको छ ।


