आइतबारबाट सिट्रोनको नयाँ ईभी बिक्री सुरू हुने

काठमाडौं । साँग्रिला मोटर्सले आगामी आइतबारबाट सिट्रोन सीथ्रीको नयाँ भेरियन्ट बिक्री सुरु गर्ने भएको कम्पनीले अहिले बिक्री गर्दै आएको लाइभ र फिलपछि साइन भेरियन्ट ल्याउन लागेको हो ।

यसअघि बिक्री हुँदै आएको फिल र लाइभमा नभएका नयाँ ५ फिचरहरू साइन भेरियन्टमा थपिएर आउन लागेको कम्पनीको भनाइ छ । साइन भेरियन्टमा इलेक्ट्रीकल्ली एड्जस्टेबल ओआरभीएम, रियर पार्किङ क्यामरा, १५ इन्चको डायमण्ड कट अलोय ह्वील, फ्रन्ट र रियर स्कीड प्लेट, रियर डिफगर र वाइपर पाउन सकिन्छ ।

कम्पनीले साइन भेरियन्टमा लेदर र्याप स्टेरिङ ह्वील समेत दिएको छ । कम्पनीले यसको मूल्य आधिकारीक रुपमा घोषणा नगरेपनि ४० लाख भित्रै रहने बताएको छ । बजेटले करका दरहरु परिवर्तन गरेको कारण यसको मूल्य पनि त्यहि अनुसार कायम हुने अनुमान गरिएको छ ।

फ्रेन्च कार निर्माताले भारतमा बनाएको इलेक्ट्रीक सीथ्री मा २९.२ किलोवाट आवरको ब्याट्री प्याक र ४२ किलोवाटको इलेक्ट्रीक मोटरमा आएको छ । यसलाई सिंगल चार्जमा ३२० किलोमिटरसम्म गुडाउन सकिने कम्पनीको दाबी छ ।


Back_to_top