पोखरा । बराल ग्रुप अन्तर्गतको एलिट मोटर्स प्रालिले आजदेखि पोखरामा सुरु हुने नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालद्वारा आयोजित वाडा अटो शो २०२६ मा विशेष अफर ल्याएको छ ।
एसपीजी अटोमोबाइल्स प्रालिको आधिकारिक बिक्रेता समेत रहेको कम्पनीले निसान, ओमोडा, जेको र आइकार ब्राण्डका सवारीमा विशेष अफर ल्याएको हो ।
एलिट मोटर्सले स्टल नम्बर ए ६ र ए ८ मा ओमोडा ई ५, जेको जे ५, जेको जे ६ टी, निसान म्याग्नाइट र आइकार भी२३ लगायतका सवारी साधनहरू प्रदर्शन गर्नेछ ।
अटो शोमा ग्राहकले यी सवारी साधन नजिकबाट अवलोकन गर्न पाउनुका साथै सीमित समयका लागि उपलब्ध आकर्षक अफरहरूको लाभ लिन सक्नेछन् ।
त्यसैगरी, प्रदर्शनी अवधिभर तत्काल बुकिङ गर्ने ग्राहकले विशेष छुट तथा सुविधा पाउने कम्पनीले जनाएको छ । साथै, आगन्तुकहरूले अटोमोबाइल क्षेत्रका विज्ञहरूसँग अन्तरक्रिया गरी नवीनतम प्रविधि र विशेषताबारे जानकारी हासिल गर्न सक्नेछन्।
पाँच दिनसम्म चल्ने अटो शो चैत १५ गते सम्पन्न हुनेछ।

