काठमाडौं । ग्राहकहरुको सुरक्षालाई मध्य नजरगर्दै मोटरसाइकल निर्माता कम्पनीले आफ्नो बाइकको क्षमता अनुरुप ब्रेकिङ सिस्टमको प्रयोग गर्ने गरेको पाइन्छ ।
कुनैपनि चालकको लागि सवारीसाधन चलाउदा पहिलो प्राथमिकता भनेको नै सुरक्षा हुने गर्छ । यसलाई कडाई गर्न भारत सरकारले १२५ सीसी भन्दा माथिका बाइकमा एबीएस अनिवार्य गरिसकेको छ । आज हामी एबीएसको बारेमा नभइ नेपालमा उपलब्ध इन्ट्री लेवल डबल डिस्क बाइकको बारेमा चर्चा गर्नेछौँ ।
४. हिरो एक्सट्रीम २००
हिरो एक्सट्रीम २०० एबीएससहित डबल डिस्क रहेको बाइक हो । १९९ सीसी सिगंल सिलिन्डर एयरकूल्ड इन्जिन रहेको यो बाइकमा एबीएस सुबिधा समेत उपलब्ध रहेको छ । उक्त इन्जिनले १८ बीएचपी तथा १७ एनएम टर्क जेनेरेट गर्छ । यसको फ्रन्टमा २७६ एमएम तथा रियरमा २२० एमएमको डिस्क ब्रेक रहेको छ ।

नेपाल जनरल मार्केटिङले नेपालमा बिक्री वितरण गर्दै आएको यस बाइकको मूल्य २ लाख ८६ हजार ५०० रहेको छ ।
३. अपाचे आरटीआर १६० ४–भी
नेपाली बजारमा टीभीएसको लोकप्रिय बन्दै गइरहेको बाइक १६० ४–भी डबल डिस्क भएको बाइक हो । यसमा १५९.७ सीसी सिंगल सिलिण्डर, ४ स्ट्रोक, ४ भल्भ इन्जिन दिइएको छ । उक्त इन्जिनले ८००० आरपीएम मा १६.५ पीएस र ६५०० आरपीएममा १४.८ एनएम टर्क उत्पादन गर्छ । फ्रन्टमा २७० एमएम तथा रियरमा २०० एमएमको डिस्क ब्रेक रहेको छ ।

जगदम्बा मोटर्सले नेपालमा बिक्री वितरण गरिरहेको यो बाइकको बजार मूल्य २ लाख ८५ हजार ९०० रुपैयाँ रहेको छ ।
२. यामाहा एफजेडएस भी–२
यामाहाको नेपाली बजारमा सर्वाधिक बिक्री हुने बाइक एफजेड सिरिज रहेको छ । यसै अन्तर्गत एमएडब्ल्यूले केहि समय अगाडी नेपाली बजारमा यामाहा एफजेड अन्तर्गत एफजेडएस भी–२ को डबल डिस्क नेपाली बजारमा भित्र्याएको छ ।

यसमा १४९ सीसी एयरकूल्ड सिगंल सिलिन्डर एफआइ इन्जिन रहेको छ । उक्त इन्जिनले १३ बीएचपी तथा १३ एनएम टर्क जेनेरेट गर्छ । यस बाइकमा फ्रन्टमा २८२ एमएम तथा रियरमा २२० एमएमको डिस्क ब्रेक रहेको छ । एमएडब्लुले यसको बजार मूल्य २ लाख ८५ हजार ९०० रुपैयाँ तोकेको छ ।
१. पल्सर–१५० टिडी
नेपाली बजारमा सर्वाधिक बिक्री हुने बाइकमा पर्छ बजाज पल्सर १५० । केही समय अगाडि बजाजको आधिकारीक बिक्रेता एचएच बजाजले नेपाली बजारमा पल्सर १५० को डबल डिस्क भेरियन्ट भित्र्याएको थियो ।

यो बाइकमा १४९ सीसी एयरकूल्ड सिगंल सिलिन्डर इन्जिन रहेको छ । यो इन्जिनले १४ बिएचपी तथा १३.४ एनएम टर्क जेनेरेट गर्छ । यसकोे फ्रन्टमा २६० एमएम तथा रियरमा २३० एमएमको डिस्क ब्रेक रहेको छ । नेपाली बजारमा यसको मूल्य २ लाख ५९ हजार ९०० रुपैयाँ रहेको छ ।


