इलेक्ट्रीक मोटरसाइकल किन्नेलाई बढ्यो अप्सन, अटो शोमा ८ मोडल

काठमाडौं । नाडा अटो शोलाई लक्षित गरेर नयाँ इलेक्ट्रीक ब्रान्ड नेपाली बाजरमा भित्रिएका छन् । दुई ब्रान्डले अटो शोमा ८ मोडल सार्वजनिक गर्ने तयारी गरेका छन् । 

जिनीयस ब्रान्डले नाडा अटो शोलाई लक्षित गरेर डब्ल्यु-५४, एक्सवाइ-३४, एक्सवाइ-५४, डब्ल्यु-३४, पी-३४, एक्स-५४ मोडल नेपाल ल्याएको छ । 

त्यसैगरि सुपर शोको ब्राण्डले  सुपर सोको टीएस र सुपर सोको टीसी मोडल ल्याएको छ । जिनीयसले ६ मोडलका इलेक्ट्रीक बाइकलाई प्रदर्शनीमा राख्दैछ भने सुपर शोको ब्राण्डले २ मोडललाई राख्ने छ ।  

योमा माई ग्रुपले जिनियस नामक चिनियाँ ब्रान्डका मोटरसाइकल तथा स्कुटर नेपाली बजारमा ल्याएको हाे भने, आस्टा अटोमोवाइलले सुपर शोको ब्रान्डमा टिएस र टिसी मोडलको इलेक्ट्रीक मोटरसाइकल नेपाली बजारमा आएको छ । 

यी दुबै ब्राण्डका मोटरसाइकल तथा स्कुटर नाडा अटो शो २०१९मा प्रदर्शनी गर्ने तयारी भइरहेको छ । जिनीयस र सुपर शोको दुबै ब्रान्डले उत्पादन गरेको मोटरसाइकलले अवलोकनकर्ताको ध्यान खिच्न सफल हुने विश्वास लिइएको छ । 

जिनीयस ब्रान्डले ल्याएका बाइकहरु नेपाली सडकमा गुड्ने इन्ट्री लेवल कारभन्दा बढी टर्क जेनेरेट गर्ने किसिमका छन् । कम्पनीले ल्याएको डब्ल्यु–५४ मोडलले २०६ एनएम टर्क उत्पादन गर्छ । यसमा उपलब्ध ७१ भोल्ट ४० एचको लिथीयम ब्याट्री दिइएको छ । 

कम्पनीले ल्याएका अधिकांश मोटरसाइकलले एकपटकको फुल चार्जमा १२० किलोमिटर माइलेज दिने जनाइको छ । यी मोटरसाइकलहरुको मूल्य २ लाख ७८ हजार रुपैयाँदेखि ३ लाख ७८ हजार रुपैयाँसम्म रहेको छ । 

उता सोको नामक अस्ट्रेलियन ब्रान्डको दुई मोडलका मोटरसाइकल नेपाल आएको हो । जसमा सुपर सोको टीएस र सुपर सोको टीसी हुन् । 

सुपर सोको टीएस बाइकले १२० एनएम टर्क जेनेरेट गर्छ भने सुपर सोको टीसी बाइकले १५० एनएम टर्क उत्पादन गर्छ । यी दुबै बाइकमा एक पटकको फुल चार्जमा १६० किलोमिटर यात्रा गर्न सकिने कम्पनीले जनाएको छ ।

मोटरसाइकलको ग्राउन्ड क्लियरेन्स १९८ एमएम रहेको छ । यसमा फुल एलइडी हेडल्याम्प, डिजिटल अटो लाइट एडजस्टेड कन्सोल, रिमोर्ट कि कन्ट्रोल जस्ता बिशेषता रहेका छन् । यसको मूल्य २ लाख ४९ हजारदेखि २ लाख ७४ हजार रुपैयाँ तोकिएको छ । 


Back_to_top