निकै सुरक्षीत हुने भयो ‘एक्स्ट्रीम १२५ आर’, थपिए यस्ता फिचर

काठमाडौं । हिरो मोटोकर्पको भारतमा निकै सफल मोडल एक्स्ट्रीम १२५ आरमा सुरक्षा फिचर थप भएर आउने भएको छ । विश्वकै ठूलो मध्येको एक मोटरसाइकल उत्पादकले एक्स्ट्रीम १२५ आरमा डबल च्यानल एबीएस, ट्रयाक्सन कन्ट्रोल, इलेक्ट्रोनिक थ्रोटल, क्रुज कन्ट्रोल जस्ता फिचर थपेर ल्याउन लागेको हो ।

सुरुमा भारतबाट बिक्री सुरु हुने एक्स्ट्रीम १२५ आरको नयाँ आउने मोडललाई २०२६ अपग्रेड पनि भन्न सकिन्छ । अहिले भारतका थुप्रै डिलर नेटवर्कमा पुगिसकेको एक्स्ट्रीम १२५ आरको नयाँ मोडलको मूल्य भने बाहिर आएको छैन ।

आगामी सातासम्ममा बिक्री सुरु हुने अनुमान गरिएको एक्स्ट्रीम १२५ आर नयाँ कलर अप्सन ग्रिन र रेड थप भएर आउन लागेको हो । सुरक्षा फिचर र कलर अप्सन थपसँगै हिरो एक्स्ट्रीम १२५ आर सेग्मेन्टकै सबैभन्दा धेरै एड्भान्स फिचर भएको मोटरसाइकल बन्नेछ ।

कम्पनीले यसमा कलर एलसीडी स्क्रीन समेत दिएको छ । जसमा ब्लुटूथ कनेक्टिभिटी, टर्न वाई टर्न नेभिगेसन जस्ता फिचर प्रयोग गर्न सकिन्छ ।

कस्मेटीक र सुरक्षा फिचर भए पनि इन्जिनमा भने कुनै परिवर्तन गरिएको छैन । यसअघि प्रयोग भएकै १२४.७ सीसी सिंगल सिलिन्डर इन्जिन दिइएको छ । उक्त इन्जिनले ११.४ बीएच पावर तथा १०.५ एनएम टर्क जेनेरेट गर्छ ।

नेपालमा पनि सिजी मोटर्सले एसेम्बलिङ गरेर एक्स्ट्रीम १२५ आर बिक्री वितरण गर्दै आएको छ । भारतमा बिक्री सुरु हुन लागेको अपग्रेड सहितको मोडल नेपालमा भने सन् २०२६ को पहिलो क्वाटरमा सार्वजनिक हुने अनुमान गर्न सकिन्छ ।


Back_to_top