इटालियन अटोमोबाइ कम्पनी फियाट क्रिसलर अटोमोबाइ (एफसीए) र फ्रान्सेली अटोमोबाइल कम्पनी रेनोबीच मर्ज हुने भएको छ । दुई कम्पनी मर्ज हुने विषयमा प्रपोजल प्राप्त भएको एफसीएले जनाएको छ ।
एफसीएले विगतमा विभिन्न कम्पनीहरुसंग पनि मर्जकाे छलफल गर्दै आएको थियो । रेनोले एफसीएसंग ५०ः५० प्रतिशत समान हैसियतमा मर्जरमा जाने कुराले निसानसंगको रेनोको साझेदारी संकटमा परेको छ ।
दुबै कम्पनीका म्यानेजरहरुले मर्जर प्रस्ताव अध्ययन गरि रहेको जनाइएको छ । एफसीए र रेनो मर्ज भए अटोमोबाइल उद्योगमा नयाँ आयाम थपिने छ । नयाँ कम्पनीले अटोमोबाइल क्षेत्रमा एक भिन्दै आयाम बनाउने विश्वास गरिएको छ ।
केही वर्षयता ग्रुप रेनोको बिक्रीमा कमी आइरहेको छ भने एमसीएको जीप ब्रान्डले राम्रो गरिरहेको छ । दुई कम्पनीको मर्जरले नयाँ उत्पादन ल्याउन ठूलो सहयोग पुग्नेछ ।
पछिल्लो समय दुवै कम्पनीले इेक्ट्रीक सवारीलाई प्राथमिकता दिने नीति लिएका छन् । रेनो र एफसीए मर्ज भए फक्सवागन र टोयोटा पछि विश्वको तेस्रो ठूलो कार उत्पादन हुनेछ ।
दुई कम्पनीबीच अहिले चहि रहेको छलफलमा निसान र मित्सुबिसीलाई सँगै लग्ने विषयमा केही कुरा उठाइएको छैन ।

