पछिल्लो दुई महिनामा नेपाल आएका तीन सस्ता कार, मूल्य एउटै फरक के ?

काठमाडौं । पछिल्लो दुई महिनामा नेपाली बजारमा ३ ब्रान्डले आफ्नो कम मूल्यका कार सार्वजनिक गरेका छन् । जसमा हुन्डाई सेन्ट्रो, फोर्ड फिगो र मारुती सुजुकी न्यू वागेनआर रहेको छ ।

यी तीन मध्य सबैभन्दा पहिला हुन्डाई सेन्ट्रो नेपाली बजारमा आएको हो । यो चर्चित ह्याचव्याक कारको नेपाली बजारमा सुरुवाति मूल्य २४ लाख ९६ हजार रुपैयाँ रहेको छ ।

त्यस्तै त्यसपछि नेपाल आएको अर्को उस्तै मूल्यको कार हो फोर्डको फिगो फेसलिफ्ट । फोर्डले आफ्नो इन्ट्री लेबलको चर्चित कार फिगोको सुरुवाति मूल्य २४ लाख ९९ हजार रुपैयाँ  तोकेको छ । 

केही दिनअघि नेपाल आएको अर्को इन्ट्री लेवलको कार हो वागेनआर । मारुती सुजुकीको यो नयाँ टलह्याच कार भारतीय बजारमा सार्वजनिक भएको दुई महिनापछि नै नेपाली बजारमा प्रबेश गरेको हो । कम्पनीले यसको सुरुवाति मूल्य २४ लाख ९९ हजार रुपैयाँ रहेको छ । 

कोरियाली कार निर्माता कम्पनी हुन्डाईको सेन्ट्रो कार गत फेब्रुअरीमा नेपाली बजारमा आएको हो । नयाँ सेन्ट्रो पनि टलब्वय कन्सेप्टमा बनेको ह्याचब्याक कार हो । ठूलो स्पेश, सानदार लूक्स, फगल्याम्प्स, एड्जस्टेबल हेडरेस्ट्रेन्सजस्ता विशेषताले सेन्ट्रो निकै चर्चित रहेको छ । 

जापानी अटो निर्माता कम्पनी सुजुकीको अल न्यु वागेनआर नेपाली बजारमा केही दिन अघि सार्वजनिक गरेको छ । ‘बिग वागेनआर’को ब्राडिङ्गबाट बिक्री सुरु गरिएको वागेनआर कार पुरानो वागेनआरको फेसलिफ्ट मोडल हो । जुन भारतीय बजारमा समेत केहि समय अघि मात्र सार्वजनिक भएको हो । 

त्यस्तै, फोर्डको फिगो फेसलिफ्ट भर्सन निकै स्टाइलिस रहेको छ भने पावरको मामलामा पनि निकै पावरफुल रहेको छ । 

नयाँ फोर्ड फिगो १.२ लिटर पेट्रोल र १.५ लिटर इन्जिनमा क्षमतामा उपलब्ध रहेको छ । १.२ लिटर थ्री सिलिन्डर पेट्रोल इन्जिनले ९६ पीएस पावर र १२० एनएम टर्क उत्पन्न गर्छ ।

हुन्डाई सेन्ट्रोमा १.१ लिटर फोर–सिलिन्डर पेट्रोल इन्जिन दिइएको छ । जसले ६९ पीएस पावर र ९९ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५–स्पीड म्यानुअल गियरबक्स दिइएको छ । हुन्डाईले सेन्ट्रोलाई पहिलोपटक एएमटी ट्रान्समीसनमा समेत ल्याएको छ । 

मारुती सुजुकी वागेनआर दुई इन्जिन अप्सनको साथ बजारमा उपलब्ध रहेको छ । जसमा १.० लिटर थ्री–सिलिन्डर परिमार्जित र १.२ लिटर फोर–सिलिन्डर इन्जिन रहेको छ । ९९८ सीसी क्षमताको इन्जिनले ६७ बीएचपी पावर र ९० एनएम टर्क जेनेरेट गर्छ । त्यस्तै, १.२ लिटर इन्जिनले ८२ बीएचपी पावर र ११३ एनएम टर्क जेनेरेट गर्नेछ । पुरानो मोडलले भने १.० लिटरमा मात्रै उपलब्ध रहेको थियो ।  

फिगो फेसलिफ्टको लम्बाई ३९४१ एमएम, चौडाई १७०४ एमएम र उचाई १५२५ एमएम रहेको छ । यसमा ह्वीलवेस भने २४९० एमएमको दिइएको छ । ग्राउन्ड क्लियरेन्स १७४ एमएम रहेको छ ।

हुन्डाई सेन्ट्रोको ग्राउन्ड क्लियरेन्स १६५ एमएम, लम्बाई ३६१० एमएम, चौडाई १६४५ एमएम उचाई १५६० एमएम रहेको छ भने ह्वीलबेस २४०० एमएम रहेको छ । सेन्ट्रोमा फ्रन्ट र रियर दुवैतिर उत्कृष्ट इन्टेरियर दिनुका साथै २३५ लिटरको बुट स्पेस दिइएको छ । यसमा फ्यूल ट्यांक क्यापासीटी ३५ लिटर रहेको छ ।

अलन्यू वागेन–आरको लम्बाई ३६५५ एमएम, उचाई १६७५ एमएम र चौडाई १६२० एमएम रहेको छ । यसको ग्राउन्ड क्लियरेन्स १६५ एमएम र ह्वीलवेश २ हजार ४ सय ३५ एमएम रहेको छ । 

फिगो फेसलिफ्टले प्रतिलिटर १८ किलोमिटर माइलेज प्रदान गर्छ । हुन्डाई सेन्ट्रोले प्रतिलिटर २०.३ किलोमिटर माइलेज प्रदानगर्छ भने अलन्यु वागेन आरले प्रतिलिटर २२.५ किलोमिटर माइलेज प्रदान गर्छ । 


Back_to_top