काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालकै पहिलो इलेक्ट्रीक दुईपाँग्रे सवारी उत्पादक यात्रीको प्लाण्ट भ्रमण गरेका छन् ।
मन्त्री पौडेल बुबाको मुख हेर्ने दिनको अवसर पारेर यात्री डिजाइन स्टुडियो बुढानिलकण्ड पुगेर प्लाण्ट अवलोकन गरेका हुन् ।
भ्रमणका क्रममा पौडेलले नेपालमा संचालन भइरहेका अन्य एसेम्बल प्लाण्टको तुलानामा यात्रीको प्लाण्ट फरक रहेको बताए ।
उनले नेपाल सरकार स्वदेशी निर्माताहरूलाई सशक्त बनाउन प्रतिबद्ध रहेको बताए । उनले भने, ‘सरकारले आगामी दिनमा ल्याउने नीतिहरूले स्थानीय उत्पादनहरूलाई सहज वातावरण बनाउन हामी कदम चाल्ने छौं ।’
भ्रमणका क्रममा यात्री टिमले अर्थमन्त्री पौडेललाई यात्री मोटरसाइकल पी १ जेन २ र यात्रीको पहिलो स्कुटर पी २ को बारेमा विस्तृत जानकारी समेत गराएको थियो ।

