फोर्ड र महिन्द्राको सहकार्यमा नयाँ एसयूभी आउने, यस्ता हुने छन् विशेषता

काठमाडौं । अमेरिकी कम्पनी फोर्डले भारतीय कम्पनी महिन्द्रासँगको सहकार्यमा नयाँ प्रिमियम एसयूभी ल्याउने तयारी गरिरहेको अटोकार म्याग्जीनले रिपोर्ट सार्वजनिक गरेको छ ।  

फोर्डले उक्त एसयूभीमा आकर्षक ग्रिल, फ्यूचर स्प्लेन्ड, हाई–माउन्टेड हेडल्याम्प, फ्लेश–आउट ह्वीलआर्क, ठूलो र फराकिलो ह्वील, एलईडी लाइटलगायतका विशेषता दिने जनाएको छ । 

कम्पनीका अनुसार सी सेग्मेनट एसयूभीको मूल्यसमेत निकै प्रतिस्पर्धी हुनेछ । 

कम्पनीले यसमा महिन्द्र एक्सयूभी–५०० मा उपलब्ध इन्जिन दिनेछ । यसमा दिइने इन्जिन भारतीय नयाँ इमिशन मापदन्डअनुसारको हुने जनाइएको छ । 

२.० लिटर डिजेल इन्जिनका साथ आउने नयाँ एसयूभीमा सिक्स–स्पीड गियरबक्स रहनेछ । 

यसकासाथै प्रिमियम ड्यास बोर्ड, लेटेस्ट इन्फोटेन्टमेन्ट सिस्टम, ट्राक्सन कन्ट्रोल, ईएसपी र हिल–डिसेन्ट कन्ट्रोलसँगै अटोमेटिक ट्रान्समिसनसमेत नयाँ एसयूभीमा रहने छ । कम्पनीले यसलाई सन् २०२० मा बजारमा उतार्ने छ ।

संभवत कम्पनीले आफ्ना भारतीय बजारमा उत्पादन भएका एसयूभी इकोस्पोर्ट र इन्डोभर जस्तै ‘इ’ बाटै राख्ने अनुमान सुरु भएको छ । 


Back_to_top