अमेरिकी कम्पनी फोर्डले संसारभरबाट ९ लाख ५३ हजार कार फिर्ता बोलाएको छ । फोर्डका कारमा लगाईएको प्यासेन्जर एयरब्यागको इन्–फ्लाटरमा समस्या आएर अमेरिकामा २३ जनाभन्दा बढी मानिसको निधन भएसँगै उक्त संख्यामा कार फिर्ता लिन लागेको हो ।
कम्पनीले सन् २०१० र २०११ मा उत्पादन भएका फोर्ड–एज र लिङ्कन–एमएएक्स, फोर्ड–रेन्जर, मर्करि–मिलान तथा २०१० देखि २०१४ मा उत्पादन भएका फोर्ड–मस्टाङ्गलगायतका मोडल फिर्ता लिने भएको हो ।
अमेरिकी कार इतिहासमा यति धेरै सङ्ख्यामा गाडी फिर्ता बोलाइएको यो पहिलोपटक हो । अमेरिकामा यसपूर्व ७ लाख ८२ हजारसम्म गाडी फिर्ता लिइएको थियो ।
रिकलपछि फोर्डले यस्ता समस्या देखापरेको सबै मोडलको इन्–फ्लाटर परिवर्तन गर्ने जनाएको छ ।
जापानको ताकता कर्पाेरेशन कम्पनीले उक्त कारको एयरब्यागमा केमिकल आल्मुनियम निट्रेटको प्रयोग गरेको थियो । उक्त इन्–फ्लेटर गर्मीको समयमा तात्तिएर अकस्मात फुट्दा दुर्घटना निम्तिने गरेको कम्पनीले जनाएको छ ।

