फोर्थिङ फ्राइडे ईभी किन्दा ७ लाखसम्म फाइदा, यी ६ सुविधा पनि पाइने

काठमाडौं । प्रिमियम इलेक्ट्रीक एसयूभी फोर्थिङ फ्राइडे खरिद गर्दा ७ लाख रुपैयाँसम्म फाइदा पाइने भएको छ ।

नेपालका लागि फोर्थिङको आधिकारिक विक्रेता लक्ष्मी ई-मोबिलिटी प्रालिले ल्याएको विशेष ‘एक्सचेन्ज एण्ड अपग्रेड टु फ्राइडे’ अफरमा यस्तो लाभ पाइने भएको हो ।

कम्पनीका अनुसार यो विशेष अफर अन्तर्गत फोर्थिङ ईभी किन्दा वा एक्सचेन्ज गर्दा ग्राहकले विभिन्न ६ सुविधा गरेर ७ लाख रुपैयाँसम्म बचत गर्न सक्नेछ ।

ग्राहकले नयाँ गाडीको खरिदमा तुरुन्तै आकर्षक नगद छुट, पूरानो गाडीको उचित मूल्यांकन र आकर्षक एक्सचेन्ज सुविधा, अटो प्लस इन्स्योरेन्स, सडक कर, स्पेयर टायर, एसी चार्जर आवश्यक एक्सेसरीजहरू निःशुल्क पाउने छन् । साथै, ग्राहकले नयाँ गाडीको उत्साहलाई थप बढाउन सप्राइज गिफ्ट्स समेत पाउने छन् ।

यो अफरले ग्राहकलाई दिगो र प्रिमियम इलेक्ट्रीक सवारीमा अपग्रेड हुने उत्कृष्ट अवसर प्रदान गरेको कम्पनीको भनाइ छ । यो अफर सीमित अवधिसम्म मात्रै लागू हुने कम्पनीले जनाएको छ ।

‘हाम्रो यो एक्सचेन्ज एण्ड अपग्रेड अफर नेपाली ग्राहकहरूलाई प्रिमियम इलेक्ट्रीक मोबिलिटीको अनुभव गराउने एउटा विशेष निमन्त्रणा हो । रू. ७ लाखसम्मको बचत र पूर्ण सपोर्ट प्याकेजमार्फत हामीले नेपालमा वातावरणमैत्री र प्रिमियम सवारीको प्रयोगलाई थप सहज बनाउने लक्ष्य राखेका छौं,’ कम्पनीले भनेको छ ।

यस्तो छ फोर्थिङ फ्राइडे

फोर्थिङ फ्राइडे ईभी फ्युचरिस्टिक डिजाइन, आधुनिक सुरक्षात्मक विशेषता, स्टाइल, परफर्मेन्स र इनोभेशनको समिश्रण छ ।

फरथिङ फ्राइडे एसयूभीको लम्बाइ ४६०० एमएम, चौडाइ १८६० एमएम र उचाइ १६८० एमएम छ । २७१५ एमएम लामो ह्वीलबेस र १८५ एमएम अग्लो ग्राउन्ड क्लियरेन्स भएको एसयूभीको कार्गो स्पेश ४८० लिटर रहेको छ ।

फ्राइडे एसयूभीमा ६४.४ किलोवाट आवरको ब्याट्री र ९९ किलोवाट क्षमताको मोटर छ । उक्त मोटरले अधिकतम १७४ न्यूटन मिटर टर्क प्रदान गर्छ । यसमा रहेको ब्याट्रीले ११ किलोवाटसम्मको एसी र ८० किलोवाटसम्मको डीसी चार्जर सपोर्ट गर्छ ।

प्योर इलेक्ट्रीक प्लेटफर्ममा बनेको नभए पनि यसमा मेमोरी, भ्यान्टिलेटेड र मसाज सिट छ । यसमा १९ इन्चको अलोय ह्वील, स्पोर्टी स्पोइलर, डिफगर, कनेक्ट एलईडी टेललाइट, हाइमाउन्ट ब्रेक लाइट, रियर पार्किङ सेन्सर र ३६० डिग्री क्यामेरा जस्ता फिचर छन् ।

यसको क्याबिनमा तीव्र गतिमा मोबाइल चार्ज गर्न ५० वाटको वायरलेस चार्जर, ६० वाटको टाइप सी पोर्ट, सनग्लास होल्डर, रिडिङ लाइट, एसी कन्ट्राल बटम, क्रिस्टल गियर नब, कुल्ड बक्स छन् । यसका अलावा ८.८ इन्चको इन्फर्मेशन डिस्प्ले, १४.६ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, सफ्ट टच क्याबिन र १० तरिकाले मिलाउन सकिने ड्राइभर सिट उपलब्ध छ ।

फ्राइडे एसयूभीमा सुरक्षाको लागि ६ वटा एयरब्याग, ब्रेकिङ प्रायोरिटी सिस्टम, तत्कालै रोक्न परेको खण्डमा अटोमेटिकल्ली बुस्ट ब्रेकिङ दिइएको छ । हिल होल्ड, हिल डिसेन्ट कन्ट्रोल, अटो होल्ड, टायर प्रेसर मोनिटरिङ सिस्टम पाउन सकिन्छ । फ्रन्ट पार्किङ राडारको साथ एडास २.० प्रयोग भएको कारण ढुक्कसँग यसलाई चलाउन सकिन्छ ।

रियर मिरर हिटिङ, अटोमेटीक फोल्ड, ६०/४० स्प्लीट गर्न मिल्ने पछाडिको सिट र तीन ड्राइभिङ मोड पाउन सकिन्छ । यसमा इको, स्टायण्डर्ड र स्पोर्ट ड्राइभ मोड दिइएको छ ।


Back_to_top