फोरथिङ एक्सचेन्ज फेष्टमा ७ लाखसम्मको लाभ पाइने

काठमाडौं । यही चैत ६ गतेदेखि ८ गतेसम्म फोरथिङ एक्सचेन्ज फेष्ट’ आयोजना हुने भएको छ ।

नेपालका लागि फोरथिङ आधिकारिक बिक्रेता लक्ष्मी ई-मोबिलिटी प्रालिले काठमाडौंको थापाथली (नेपाल राष्ट्र बैंकको पारी) उक्त एक्सचेन्ज फेष्ट आयोजना गर्ने भएको हो ।

३ दिनसम्म चल्ने उक्त एक्सचेन्ज फेस्टमा गहकले आफूसँग भएको जुनसुकै ब्राण्डको पुरानो सवारी साधन फोरथिङ फ्राइडे ईभीसँग साट्न सक्नेछन् ।

कम्पनीका अनुसार यस फेष्टमा ग्राहकले कुल ७ लाखसम्म बचत गर्न सक्नेछन् । जसमा ग्राहकले एक्सचेन्ज बोनस, गाडीको उचित मूल्यांकन, आकर्षक नगद छुट, १ वर्षको अटो प्लस बीमा, १ वर्षको सडक कर, निःशुल्क स्पेयर टायर र एसी चार्जर पाउने कम्पनीले जनाएको छ ।

फोरथिङ एक्सचेन्ज फेष्ट एउटा प्रवद्र्धनात्मक कार्यक्रमसँगै प्रिमियम मोबिलिटीको भविष्यको निमन्त्रण भएको कम्पनीले बताएको छ ।

‘फोरथिङ एक्सचेन्ज फेष्ट केवल एउटा प्रवद्र्धनात्मक कार्यक्रम मात्र नभई ग्राहकहरूलाई प्रिमियम मोबिलिटीको भविष्य अँगाल्न दिइएको निमन्त्रणा हो। ७ लाखसम्मको बचत र बृहत् सुविधा प्याकेजका साथ हामी ग्राहकहरूलाई फोर्थिङ फ्राइडेमार्फत इलेक्ट्रिक क्रान्तिमा सहभागी हुन पहिलेभन्दा अझ सहज बनाउँदैछौँ,’ कम्पनीले भनेको छ ।


Back_to_top