चीनमा धेरै बिक्री हुँदै आएको ह्याचव्याक कारमा भिषण आगलागी

काठमाडौं । चिनियाँ बजारमा रेकर्ड बिक्री पाइरहेको जिली ब्राण्डको ‘जिङयुवान’ ह्याचव्याक कारमा भिषण आगलागी भएको छ । गतवर्ष बजारमा आएको जिङयुवान ह्याचव्याक कार अहिले पनि सर्वाधिक बिक्री हुने मोडल हो ।

चीन बाहिर यसलाई जिली इएक्स टु नामले चिनिन्छ । चिनियाँ मिडियाहरुमा आएको रिपोर्ट अनुसार जिलीको कारमा जियाङ्सु प्रान्तको एक औद्योगिक क्षेत्रमा आगो लागेको थियो ।

चाइना कार न्यूज डटकमकाे रिपोर्ट अनुसार कारमा अचानक आगोलागेको र धेरै पटक ‘पटका’ जस्तो आवाज आएर पड्केको थियो । अक्टुबर २३ मा भएको उक्त आगलागीमा मानविय क्षती भने भएको छैन ।

चीनको संघाईमा सहरमा पनि त्यही दिन ली अटोको मेगा मिनीभ्यानमा आगलागी भएको घटना बाहिर आएको थियो । मेगा मिनी भ्यानमा आगो लाग्नुको कारण ब्याट्रीमा ‘फल्ट’ भएको अनुमान छ ।

जिलीको ह्याचव्याक कारमा किन आगो लाग्यो भन्ने विषयमा कुनै अनुमान नै बाहिर आएको छैन । आगलागीको विषयमा कम्पनी र सरकारी तबरबाट अनुसन्धान भइरहेको बताइएको छ ।

जिलीको उक्त ह्याचव्याक कारमा आफैँले उत्पादन गरेको ‘एजिज सर्ट एलएफपी ब्लेड ब्याट्री’को प्रयोग भएको छ । उक्त ब्याट्रीलाई कम्पनीले एकदमै सुरक्षीत ब्याट्रीको रुपमा प्रचार गर्दै आएको छ ।


Back_to_top