गाडी किन्न ग्लोबल आइएमईले ६.०७ प्रतिशतमै ऋण दिने

काठमाडौं । ग्लोबल आइएमई बैंकले सस्तो ब्याजदरको ‘ग्लोबल अटो लोन’ योजना ल्याएको छ ।

बैंकले नयाँ सवारी खरिद गर्न चाहने ग्राहकलाई लक्षित गर्दै सरल र सुलभ ब्याजदरको अटो लोन स्कीम ल्याएको हो ।

बैंकका अनुसार यस योजना अन्तर्गत ग्राहकले सवारी साधन खरिदका लागि न्यूनतम ६.०७ प्रतिशत ब्याजदरमै अटो कर्जा पाउने छन् ।

बैंकका अनुसार ग्राहकले अटो कर्जा ७ वर्षसम्मका लागि पाउने छन् । ग्राहकले सवारी साधनको मूल्यको ६० प्रतिशतसम्म ऋण पाउने छन् ।

ऋण पाउनका लागि व्यक्तिगत ग्राहक २१ वर्ष माथिका नेपाली नागरिक हुनुपर्ने र कम्पनीको हकमा सम्बन्धित सरकारी निकायमा विधिवत दर्ता भएको हुनेपर्ने छ । साथै, दुवैको हकमा ऋण तिर्न पर्याप्त आम्दानी र नगद प्रवाह क्षमता हुनुपर्ने बैंकले जनाएको छ ।

यो सुविधा देशभर रहेका बैंकका सबै शाखाहरूमा उपलब्ध हुने बैंकले जनाएको छ । यद्यपि, यसमा शर्तहरू लागू हुने बैंकले जनाएको छ ।


Back_to_top