लाइसेन्स नविकरणदेखि सवारीसाधन कर तिर्न समय थप

काठमाडौं । हिजो बसेको मन्त्रीपरिषद बैंठकले कोरोना भाइरसको कारण उत्पन्न परिस्थितिलाई ध्यानमा राख्दै सवारीसाधन प्रयोगमा लाग्ने कर लगायतका विषयमा समय थप गरेको छ ।

यो विषम परिस्थतिमा सरकारी कार्यालय बन्द रहेको र लकडाउन खुलेको एक महिना भित्रमा बाँकी रहेका काम सक्नु पर्नेगरि आगामी बैशाख मसान्तसम्मको समय थप गरिएको हाे ।

अहिलेको अवस्थामा सवारी नवीकरण, यातायात तथा सवारी चालक अनुमतिपत्र, सवारी चालकको नवीकरण, प्रदुषण नवीकरण, रुट नवीकरण जस्ता कामहरु वैशाख मसान्तसम्ममा गर्न सकिनेगरी समय थप गरिएको छ।

माथी उल्लेखित कामको लागि कुनै किसिमको बिलम्ब शुल्क र जरिवाना नलाग्ने मन्त्रीपरिषदले निर्णय गरेको हो ।


Back_to_top