आयो ग्रेटवालको कम मूल्यको पीकअप, थाहापाउनुहोस् मूल्य

काठमाडौं । ग्रेटवाल मोटर्सले उत्पादन गरेको विंगल-५ पीकअप नेपाल ल्याएको छ । विशाल ग्रुप अन्तर्गतको भिजी इम्पेक्सले ग्रेटवालको नयाँ पीकअप विंगल-५ नेपाल ल्याएको हो ।

कम्पनीले अबको केही दिनपछि एक कार्यक्रम आयोजना गरी विंगलको विक्री सुरु गर्ने योजना बनाएको छ । ग्रेटवालले यसअघि विक्री गर्दै आएको पावर पीकअपको तुलनामा विंगल-५ को मूल्य १८ लाख ५० हजार रुपैयाँले कम छ । तर, यी दुबै गाडीमा इन्जिन भने समान पाउन सकिन्छ ।

ग्रेटवाल विंगरको मूल्य ५२ लाख ४९ हजार र पावरको मूल्य ७० लाख ९९ हजार रुपैयाँ रहेको छ । विंगल पनि फोर ह्वील ड्राइभ अप्सन भएको पीकअप हो । यसमा कम्पनीले १९९६ सीसी क्षमताको इन्जिन दिएको छ । यसले अधिकतम १३६ पीएस पावर र ३५० एनएम टर्क प्रदान गर्छ ।

सामान्य डिजाइनमा तयार भएको यो पीकअप कमर्शियल प्रयोजनको लागि उपयुक्त मानिन्छ ।


Back_to_top