काठमाडौं । हार्टफोर्डको भीआर १५० एच मोटरसाइकल खरिदमा १ लाख ३० हजार रुपैयाँ छुट पाइने भएको छ ।
नेपालका लागि हार्टफोर्ड मोटरसाइकलको आधिकारिक वितरक इग्निसन अटोले ल्याएको ‘स्टक क्लियरेन्स’ अफरमा यस्तो छुट पाइने भएको हो ।
कम्पनीका अनुसार यस अफर अन्तर्गत हार्टफोर्डको भीआर १५० एच मोटरसाइकल ३ लाख ६० हजार रुपैयाँमै खरिद गर्न पाइने छ । यसअघि यो मोटरसाइकलको मूल्य ४ लाख ९० हजार रुपैयाँ थियो ।
कम्पनीले सन् २०२१ र २०२२ का पुराना मोडलमा छुट अफर ल्याएको हो । ग्राहकले उक्त नगद छुटसँगै १ वर्षको वारेन्टि र १० वटा सर्भिसिङ फ्रीमा पाउने छन् । यो अफर सीमित अवधिका लागि मात्र लागू हुने कम्पनीले जनाएको छ ।
कम्पनीले नेपाली बजारमा भीआर १५० एचको नयाँ मोडल उपलब्ध गराउने भएसँगै पुराना भीआर १५० एच मोडलहरूको स्टक क्लियरेन्स गर्न मूल्य घटाएको हो ।
नेपालमा अब आउने नयाँ मोडलको भीआर १५० एचको मूल्य ५ लाख २० हजार रुपैयाँ हुने कम्पनी स्रोतले जनाएको छ ।
हार्टफोर्डको भीआर मोटरसाइकल सन् २००० साल तिर नेपालमा उपलब्ध भएको पहिलो डबल पर्पस डर्ट मोटरसाइकल हो । हाल यसलाई नेपालमा लेजेन्डरी डर्ट मोटरसाइकलको रूपमा समेत स्थापित गरिएको छ ।

