हिरो मोटोकर्पले अटो एक्स्पो-२०१८ मा डेस्टिनी-१२५ र मेस्ट्रो-१२५ स्कुटर सार्वजनिक गरेको थियो । हाल, हिरो डेस्टिनी-१२५ लाई डुएट नाम दिएको चर्चा बाहिर आएको छ । कम्पनीले डुएट-१२५ लाई यथाशक्य चाँडो सार्वजनिक गर्ने तयारी थालेको छ ।
कम्पनीले डेस्टिनीको नाम हिरो डूएट-१२५ राख्नुुलाई व्यावसायिक उद्देश्यसँग जोडेर विश्लेषण गर्ने गरिएको छ । विभिन्न सेग्मेन्टका स्कुटर उत्पादन गर्दैआएका अन्य कम्पनीको तुलनामा हिरो कम्पनी निक्कै पछि परेको छ । कम्पनीले डेस्टिनी-१२५ मार्फत् युवापुस्तासँग जोडिने उद्देश्य लिएको छ ।
डेस्टिनी-१२५ लाई साधारण तथा प्रिमियम डिजाइन दिएको कम्पनीले जनाएको छ । यसमा लेटेस्ट विशेषता सामेल गरिएको कम्पनीले जनाएको छ । यो स्कुटरमा ड्यूल टोन सिट लगाइएको छ । साथै, यसमा सिल्भर कलरको ग्राब रोल दिइएको छ ।
डेस्टिनी-१२५ को पावर स्पेसिफिकेशनअनुसार यसमा १२४.६ सीसी एयरकुल्ड, सिंगल सिलिन्डर इञ्जिन दिइएको छ । यसले, ८.७ बीएचपी पावरकासाथै १०.२ न्यूटन मिटर टर्क उत्पादन गर्छ । यसमा आईथ्रीएस स्टार्ट–स्टाप टेक्नोलोजी दिइएको छ । साथै, इञ्जिनमा सीबीटी गियरबक्स लगाइएको छ ।

