काठमाडौं । हिरोका मोटरसाइकल तथा स्कुटरमा एक्सचेन्ज अफर सार्वजनिक भएको छ । कम्पनीले ‘हिरो एक्सचेन्ज एण्ड इभल्भ’ योजना ल्याएको हो ।
हिरोको लागि आधिकारिक बिक्रेता कम्पनी सिजी मोटर्सले नगद छुट सहितको एक्सचेन्ज योजना सार्वजनिक गरेको हो ।
कम्पनीले ल्याएको यो एक्सचेन्ज योजना साउन १३ गतेदेखि सुरू भएर साउन १८ गतेसम्म देशभरका विभिन्न शोरुमहरूमा आयोजना हुने जानकारी दिएको छ । कम्पनीका अनुसार यो एक्सचेन्ज मेला अवधिमा हिरोका मोटरसाइकल तथा स्कुटर नगदमा खरिद गर्ने ग्राहकले ८ हजार रुपैयाँसम्म नगद छुट पाउने छन् ।
त्यस्तै, एक्सचेन्ज मार्फत मोटरसाइकल तथा स्कुटर खरिद गर्दा बजार मूल्यांकनमा ८ हजार थप भ्यालुएसन दिने कम्पनीले जनाएको छ । ग्राहकले हरेक मोटरसाइकल तथा स्कुटरको खरिदमा हेलमेट निःशुल्क प्राप्त गर्नेछन्
ग्राहकले आफुसँग भएको कुनै पनि ब्राण्डको पुरानो मोटरसाइकल तथा स्कुटरसँग हिरोका नयाँ मोटरसाइकल तथा स्कुटर साट्न सक्नेछन् ।
यो योजना हिरोका बनेपा, दुलेगौडा, गौशला, धनुषाधाम, महेन्दनगर, इष्ट, सुरुगां, भैरहवा, नेपालगंज र महेन्दनगर शोरुममा उपलब्ध हुने कम्पनीले जनाएको छ ।
सिजी मोटर्सले नेपाली बजारमा हिरो एक्सपल्स २०० फोर भी, सुपर स्प्लेन्डर, स्प्लेन्डर प्लस र जुम स्कुटरको दुई भेरियन्ट बिक्री गर्दै आएको छ । कम्पनीले गत बैशाखदेखि नेपालमा नै मोटरसाइकल तथा स्कुटर एसेम्वल सुरू गरेको हो ।

