काठमाडौं । हिरो मोटोकर्प नेपालले आफ्नो सबैजसो मोटरसाइकल तथा स्कुटर नयाँ इमिशन मापदण्डमा ल्याएको छ । कम्पनीले आफ्नो लाइनअपनै बीएस ६ ओबीडी टु अवधारणमा ल्याएको हो ।
कम्पनीले दुई मोटरसाइकल र दुई स्कुटर मोडल ओबीडी टुमा भेरियन्टमा अपडेट गरेको हो । कम्पनीले मोटरसाइकलतर्फ एक्स्ट्रिम १२५ आर र एक्सपल्स २०० तथा स्कुटरतर्फ जुम ११० र जुम १२५ ओबीडी टुमा ल्याएको हो ।
कम्पनीले नेपालमा बिक्री गर्ने एक्स्ट्रीम १६० आर र स्प्लेन्डर बाहेक अन्य मोडल ओबीडी टुमा उपलब्ध भएको हो । हिरोले नेपालमा बिक्री गर्ने हिरो ओबीडी टु एक्सपल्स २०० को सुरूवाती मूल्य ४ लाख ९५ हजार ९०० रुपैयाँ छ भने एक्सपल्स प्रोको मूल्य ५ लाख १९ हजार ९०० रुपैयाँ रहेको छ ।
त्यस्तै, एक्स्ट्रीम १२५ आरको मूल्य ३ लाख १८ हजार ९०० रुपैयाँ तोकेर बिक्री भइरहेको छ । स्कुटरतर्फ जुम ११० को मूल्य २ लाख ७४ हजार ९०० रुपैयाँ र जुम १२५ को मूल्य ३ लाख ९ हजार ९०० रुपैयाँ रहेको छ ।
हिरोले नेपालमा चाँडैनै आफ्नो लाइनअपमा सबै मोटरसाइकल तथा स्कुटर ओबीडी टुमा अपग्रेड गर्ने योजना रहेको बताएको छ । भारतमा ओबीडी टु लागू भएसँगै मोटरसाइकलको मूल्यमा समेत असर परेको छ । अहिले अन्य कम्पनीहरूले नेपाली बजारमा ओबीडी फेज टुका मोटरसाइकल तथा स्कुटर भित्र्याउने कम्र जारी राखेका छन् ।

