होन्डाका मोटरसाइकल किस्तामा किन्दा ब्याज नलाग्ने, साथमा आकर्षक छुट

काठमाडौं । होन्डाको लागि नेपालको आधिकारिक वितरक स्याकार ट्रेडिङ प्राइभेड लिमिटेडले आफ्नो कुनैपनि मोटरसाइकल वा स्कुटर खरिद गर्न चाहनेलाई विना व्याजदरमा कर्जा प्रबाह गर्ने अफर ल्याएको छ । 

कम्पनीले आफ्ना सबै मोडलमा उपलब्ध गराउने भएको उक्त अफर बमोजिम ग्राहकले कर्जामा बाइक किन्दा ब्याज तिर्नुपर्ने छैन । यतिमात्रै नभई कम्पनीले बाइक तथा स्कुटरको मूल्यमा ४ हजार ५ सय रुपैयाँ नगद छुट दिने घोषणा गरेको छ ।  

यो अफरमा मोटरसाइकल तथा स्कुटर किन्दा अनिवार्य रुपमा ४० प्रतिशत डाउनपेमेन्ट भने गर्नुपर्ने कम्पनीले जनाएको छ  । र बाँकी रहेको ६० प्रतिशत रकम १२ किस्तामा तिरिसक्नु पर्ने हुन्छ । अधिकतम एक वर्षभित्रमा किस्ता तिरिसक्नुपर्ने कम्पनीले जनाएको छ । होन्डाले आफ्नै इन्भेष्टमेन्ट कम्पनी स्याकार ट्रेडिङ मार्फत फाइनान्स सुविधा दिँदै आएको छ ।  

होन्डाले नेपाली बजारमा आकर्षक मोटरसाइकलमा सिबी साइन, यूनिकर्न, एक्सब्लेड, एक्सआर सिरिजका मोटरसाइकल बिक्री गर्दै आएको छ । साथै, कम्पनीले चर्चित स्कुटरहरु डियो, एभिएटर, ग्रजिया, एक्टीभा लगायतका मोडल बिक्री गर्दै आएको छ । 


Back_to_top