होन्डाको प्रिमियम डर्ट बाइक CRF 250L, यस्तो छ मूल्य र बिशेषता

जापानी मोटरसाइकल निर्माता कम्पनी होन्डाको नेपालका लागि आधिकारीक वितरक स्याकार ट्रेडिङले नेपाली बजारमा विभिन्न प्रिमीयम मोटरसाइकल समेत बिक्री गर्दै आएको छ । डर्ट मोटरसाइकल सेग्मेन्टमा कम्पनीले बिक्री गर्ने सीआरएफ २५० एल पनी प्रिमियम डर्ट मोटरसाइकल रहेको छ ।

नेपाली बजारमा बिभिन्न ब्राण्डका डर्ट बाइक बिक्री भइरहेको छ । यस्तोमा होन्डा सीआरएफको छुट्टै ग्राहक वर्ग रहेको छ । प्रिमियम मोटरसाइकल सेग्मेन्टमा हस्कभर्ना, एसडब्ल्युएम, क्रसफायर जस्ता ब्राण्डसँग प्रतिस्पर्धा गरिरहेको छ । ब्राण्ड प्रति विश्वास राख्ने ग्राहकको रोजइमा पर्ने गरेको सीआरएफ २५० एल यसको आर्कषक डिजाइन, पावर जस्ता कुरामा अब्बल रहेको छ ।

नेपाली बजारमा बिक्री हुने कतिपय चिनियाँ ब्राण्डका डर्ट बाइकको बजार मूल्याङक, सर्भिस, पार्टसको उपलब्धता जस्ता कुराले ती ब्राण्डहरु स्थापीत हुन सकेका छैनन् । यस्तैमा ब्राण्ड प्रति चासो राख्ने ग्राहकको रोजाइमा होण्डा सीआरएफ पर्ने गरेको कम्पनीको विश्वास रहेको छ ।


यस्तो छ होण्डा सीआरएएफ २५० एल
२४९ सीसी सिगंल सिलिन्डर, फोर स्ट्रोक, एफआई, लिक्वीड कूल्ड डीओएचसी इन्जिन होण्डा सीआरएफमा रहेको छ । यो इन्जिनले अफरोड तथा अनरोड दुवैमा कम तथा उच्च आरपीएममा समेत उत्कृष्ट प्रर्दशन गर्छ । यो इन्जिनले ८५०० आरपीएममा २४ हर्सपावर तथा ६७५० आरपीएममा २२ एनएम टर्क जेनेरेट गर्छ । यो इन्जिनमा ६ स्पीडको गियरबक्स जडान गरिएको छ । यो मोटरसाइकलको टप स्पीड क्षमता १२४ किलोमिटर प्रतिघन्टा रहेको छ । यसको फ्रन्टमा २१ इन्च तथा रियरमा १८ इन्च स्पोक ह्वील रहेको छ । यसमा ७ लिटरको फ्यूल स्टोरेज क्षमता रहेको छ ।

यसको लम्वाई २१९५ एमएम, उचाई ११९५ एमएम रहेको छ भने यसको ग्राउन्ड क्लियरेन्स २११ एमएम रहेको छ । यो मोटरसाइकलको कुल तौल १४६ किलोग्राम रहेको छ । यसको फ्रन्टमा स्टील ट्वीन ट्यूव फ्रेममा ४३ एमएम यूएसडी फर्क रहेको छ भने रियरमा प्रोलिङक सस्पेन्सन रहेको छ ।


सीआरएफ २५० एलमा डबल डिस्क ब्रेकका साथै डबल च्यानल स्टयान्डर्ड एबीएस रहेको छ । यसमा डिजिटल कन्सोल, बल्ब हेडल्याम्प, अपसाइड
एक्जष्ट, कम्फ्र्रट सिट, वाइडर फुटपेग जस्ता बिशेषता रहेको छ । यसको नेपाली बजारमा मूल्य १२ लाख १९ हजार रहेको छ ।


Back_to_top