यस्तो छ होन्डाको पहिलो इलेक्ट्रीक स्कुटर

होन्डाले टोकियो मोटर शो २०१९ मा सार्वजनिक गरेको इ–टेक्नोलोजिमा आधारित रहेर इलेक्ट्रीक दुई पाङ्ग्रे सवारी बनाउने घोषणा गरेको थियो । उक्त घोषणा अनुसार कम्पनीले नयाँ इलेक्ट्रीक स्कुटर ‘बेन्ली’ ल्याउने भएको हो । 

कम्पनीले यसलाई जापानमा सामान डेलिभरी गर्न प्रयोगमा ल्याउने भएको छ । कम्पनीले यसको बिक्री अप्रिल २०२० बाट सुरु गर्ने तर, वार्षिक २०० यूनिटमात्र बिक्री गर्ने जनाएको छ ।

कम्पनी ‘बेन्ली’ स्कुटरमा लिथिएम आयोन व्याट्री दिएको छ । जसले एक पटकको फुलचार्जमा ८७ किलोमिटर रेञ्ज प्रदान गर्ने जनाएको छ । कम्पनीले यसको जापानी बजारमा ६ हजार ७३८ डलर मूल्य तोकेको छ । 

कम्पनीले सुरुवाति दिनमा हुने यसको कम उत्पादनले मूल्य बढ्न गएको हो । तर, निकट भविष्यमा यसको उत्पादन आउने वृद्धिसँगै स्कुटरको मूल्यमा कमि आउने अनुमान गरिएको छ ।

होन्डाले इलेक्ट्रीक सवारीसाधन उत्पादनमा जोड दिदै आएको छ । कम्पनी टोकियो अटो शो मार्फत नै इलेक्ट्रीक कारसमेत बजारमा उतारेको थियो ।  


Back_to_top