काठमाडौं । होन्डा नेपालले बीएस ६ एक्सचेन्ज सुरू गरेको छ । होन्डा मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनीले थप मूल्यांकन तथा नगद छुटसहितको एक्सचेन्ज सुविधा ल्याएको हो ।
यस एक्सचेन्ज अफरमा कम्पनीले कुनै पनि पुराना मोटरसाइकल तथा स्कुटरसँग होन्डाका बीएस ६ मोटरसाइकल स्कुटर साट्न सकिने छ ।
होन्डाले ल्याएको यो एक्सचेन्जमा ग्राहकले आफूसँग भएको कुनै पनि पुरानो मोटरसाइकल तथा स्कुटरको बजारमा मूल्यांकनमा थप ६ हजार रुपैयाँ पाउने छन् । साथै, ह्वील अफ फ्युचर घुमाएर ६ मध्य कुनै एक अफर जित्न सक्नेछन् ।
जसमा ६ हजार नगद छुट, २३ हजार बराबरको ६ वर्षको वाषिर्क मर्मत फ्री, ६ वर्षको इन्जिन वारेन्टी, १ वर्षको फुल इन्स्योरेन्स, ६ वर्षसम्म स्पेयरपार्टसमा १० प्रतिशत छुट अथवा ६ पटकको सर्भिस तथा इन्जिन आयल मध्य एक जित्न सक्नेछन् ।
कम्पनीले नगदमा मोटरसाइकल तथा स्कुटर किन्न चाहाने ग्राहकले ६ हजार रुपैयाँ सिधै छुट पाउने छन् ।
यो स्कीम जेठ २ गते (आज) देखि ९ गतेसम्म संचालन हुने कम्पनीले जनाएको छ ।


