होन्डाको सुपर बाइक किन्दा मासिक किस्ता ७२ हजार ६७० रुपैयाँ तिर्नु पर्ने

काठमाडौं । होन्डाको आधिकारीक वितरक स्याकार ट्रेडिङले नेपाली बजारमा बिक्री वितरण गर्दै आएको पावरफुल मोटरसाइकल सिबिआर ६०० आरआर निकै महंगो मोडलको रुपमा परिचित रहेको छ । कम्पनीले यसलाई नेपाली बजारमा ३१ लाख ५० हजार रुपैयाँ मूल्य तोकेर बिक्री वितरण गर्दै आएको छ ।

कम्पनीले यस मोटरसाइकलमा फाइनान्स सुविधा समेत उपलब्ध गराएको छ । मासिक किस्तामा यो वाइक किन्न चाहनेले दुई वर्षसम्मको लागि कर्जा सुविधा पाउने छन् ।

यदि तपाई यो मोटरसाइकल किन्न चाहनु हुन्छ भने तपाईले मोटरसाइकलको मूल्यको ५० प्रतिशत डाउन पेमेन्ट तिर्नु पर्ने हुन्छ । जुन रकम १५ लाख ७५ हजार हुनेछ भने १५ लाख ७५ हजार रुपैयाँ २४ महिना भित्र मासिक किस्ताको रुपमा भुक्तानी गर्न सक्नु हुनेछ ।

स्याकार फाइनान्सले १० प्रतिशत व्याजदरमा याे सुपर बाइक किन्न कर्जा उपलब्ध गराउने छ । याे बाइक किस्तामा किन्दा तपाईले मासिक ७२ हजार ६७० रुपैयाँ तिर्नु पर्ने हुन्छ । तर, मोटरसाइकल किन्दा तपाईले रजिष्ट्रेसन शुल्क वापत १८ हजार ६०० र दुई वर्षको इन्स्योरेन्स वपात ५६ हजार ५०० रुपैयाँ अलगै तिर्नु पर्ने हुन्छ ।

५९९ सीसी क्षमताको यो सुपर बाइकमा रेस रेडी लिक्वीड कुल्ड डिओएचसी १६ भल्भ इनल्याण्ड फोर सिलिण्डर इन्जिन दिइएको छ । अल्टीमेट रेसिङ मेसिनकाे रुपमा चिनिने यो बाइकमा उत्कृष्ट व्यालेन्स र पावर पाउन सकिन्छ ।

यसमा १८ लिटर फियुल क्षमताको ट्याङ्की दिइएको छ भने यसको कर्व वेट १८६ किलोग्राम रहेको छ । यस सुपरबाइकको लम्बाई २०३० एमएम, चौडाई ६८५ एमएम, उचाई १११५ एमएम रहेको छ भने ह्वीलवेस १३७५ एमएम रहेको छ । बाइकमा १३५ एमएमको ग्राउण्ड क्लियरेन्स उपलब्ध रहेको छ ।


Back_to_top