काठमाडौं । दुई पावर आउटपुट अप्सनसहित होन्डाले निर्माण गरिरहेको इलेक्ट्रीक कार ‘होन्डा ई’ आगामी फ्राङ्फर्र्ट मोटर शोमा सार्वजनिक हुने भएको छ । सार्वजनिक हुनुअघि नै उक्त इलेक्ट्रीक कारको डिटेल सार्वजनिक भएको हो । फ्राङ्फर्ट मोटर शो ४ दिनपछि जर्मनीमा सुरु हुँदैछ ।
होन्डाको आफ्नो पहिलो पूर्ण इलेक्ट्रीक कारमा रहेको दुई मोटरले क्रमस १३६ हर्षपावर र १५४ हर्षपावर उत्पादन गर्ने जनाएको छ । साथै यी कारले ३१५ एनएम टर्क उत्पादन गर्ने क्षमता राख्छन् ।
सहरी क्षेत्रलाई केन्द्रमा राखेर निर्माण भएको होन्डाको यो इभीमा ३५.५ किलोवाटको ब्याट्री लगाइएको छ । यसले एकपटकको फुल चार्जमा २२० किलोमिटर रेन्ज प्रदान गर्ने छ । उक्त व्याट्रीलाई ५० किलोबाटको फास्ट चार्जरले ३० मिनेटमा ८० प्रतिशत चार्ज गर्न सकिने बताइएको छ ।
यसमा १२.३ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, डोर मिररको स्थानमा क्यामरा, ६ इन्चको अर्को छुट्टै स्क्रिनजस्ता फिचर दिइएको छ ।
होन्डाले ड्राइभर तथा प्यासेन्जरलाई ड्राइभिङ्गको समयमा राम्रोसँग देख्न सकियोस् भनेर साइड मिरर क्यामरा लगाएको जनाएको छ ।
सन् २०२० सम्म्ममा नेपाली बजारमा आउनसक्ने यस मोडल निकै उत्कृष्ट डिजाइन र सुरक्षीत रहेको मानिएको छ ।
कारमा दिइएको साइड क्यामराले ड्राइभर र अगाडिको प्यासेन्जरलाई भिजीबिलिटी प्रदान गर्छ । यस प्रविधि मार्फत ब्लाइन्ड स्पटमा हुने दुर्घटना १० देखि ५० प्रतिशतसम्मले कम गर्न सकिने कम्पनीले जनाएको छ ।
यो क्यामेराले खराब मौसम, प्रकाश र रातको समयमा पनि राम्रो भिजीबिलिटी प्रदान गर्ने दाबी गरिएको छ ।

