होन्डा हाइनेस ३५० नेपालमा छिट्टै सार्वजनिक हुने, कति पर्ला मूल्य

काठमाडौं । होन्डाको आधिकारीक वितरक स्याकार ट्रेडिङले नयाँ क्लासिक मोटरसाइकल नेपाल ल्याउने तयारी सुरु गरेको छ । कम्पनीका चेयरम्यान सौभर ज्योतिले आफ्नो सामाजिक संजालमार्फत उक्त कुराको जानकारी दिएका हुन ।

केही समय अगाडी कम्पनीले होन्डा हाइनेस सिबी ३५० को सम्भावित ग्राहकको रुची लगायत विषयमा सर्वे गरिरहेको मेरोअटोलाई जानकारि दिएको थियो ।

भारतमा बिक्री सुरु भएको हाइनेस सिबी ३५० भारतमा नै उत्पादन भएको मोडल हो । नेपाल आउँदा यसले जावा ४२ र रोयल इन्फिल्ड क्लासिक ३५० सँग सिधा प्रतिस्पर्धा गर्नु पर्ने हुन्छ ।

निकै आकर्षक डिजाइनमा आएको यो मोटरसाइकलको भारतमा मूल्य १ लाख ९० हजार भारतीय रुपैयाँ तोकिएको छ । नेपालमा यसको मूल्य ६ लाख ५० हजार हाराहारी पर्ने अनुमान गर्न सकिन्छ । कम्पनीले मूल्यको बारेमा भने हालसम्म कुनै आधिकारिक जानकारी दिएको छैन् ।

होन्डा सीबी ३५० मा राउन्ड हेडल्याम्प, सिंगल पोड इन्स्ट्रुमेन्ट क्लस्टर, क्रोम फेन्डर्स र क्रोम फिनिस एक्जस्ट दिएको छ । कम्पनीले यसलाई दुई भेरियन्ट डीएलएक्स र डीएलएक्स प्रोमा ल्याएको छ ।

डीएलएक्स प्रो भेरिएन्टमा ड्युअल टोन पेन्ट स्किम र होन्डा स्मार्टफोन भ्वाइस कन्ट्रोल सिस्टम, ड्युअल च्यानल एबीएस, ट्रयाक्सन कन्ट्रोल जस्ता फिचर उपलब्ध रहेको छ ।

हाइनेस सीबी ३५० मा ३४८.३६ सीसीको सिंगल सिलिन्डर, एयरकुल्ड इन्जिन दिइएको छ । उक्त इन्जिनले २०.८ बीएच पावर र ३० एनएम टर्क जेनेरेट गर्छ ।


Back_to_top