काठमाडौं । २०० सीसी सेग्मेन्टमा होन्डाको पहिलो मोटरसाइकल नेपाल आउने भएको छ । गत महिनामात्र भारतमा सार्वजनिक भएको मोटरसाइकल हर्नेट २.० फेस्टीभ सिजनमा नै नेपाल आउने भएको हो ।
कम्पनी स्रोतका अनुसार सकभर दशैंअघि नै हर्नेट २.० लाई नेपाल ल्याउने प्रयास भइरहेको छ । दशैंअघि सार्वजनिक हुन नसके दशैंपछि यसलाई बजारमा उतार्ने तयारीमा कम्पनी रहेको छ ।
यो मोटरासाइकल बजारमा आएपछि होन्डाले २०० सीसी सेग्मेन्टमा टीभीएस आरटीआर २०० फोर भी र बजाज पल्सर एनएस २०० सँग प्रतिस्पर्धा गर्ने छ ।

कम्पनीले नयाँ हर्नेट २.० लाई प्रिमियम फिचरसहित १ लाख २६ हजार भारतीय रुपैयाँ मूल्य तोकेर सार्वजनिक गरेको थियो । नेपालमा यसको मूल्य कति पर्छ भन्ने विषयमा कुनै जानकारी प्राप्त भएको छैन ।
होन्डाले हर्नेट २.० लाई प्रिमियम बनाउन यूएसडी फर्क, अल डिजिटल ब्लु व्यकलिट इन्स्टुमेन्ट कन्सोल दिएको छ । होन्डाको भारतमा २५ बर्ष पुरा भएको अबसरमा हर्नेट २.० सार्वजनिक भएको थियो ।
कम्पनीले यसमा एचइटी पीजीएम एफआई इन्जिन दिएको छ । १८४ सीसी क्षमताको उक्त इन्जिनले १७.०३ बीएच पावर र १६.१ एनएम टर्क जेनेरेट गर्छ ।
यसमा रहेको डिजिटल कन्सोलमा व्याट्री भल्ट मिटरसमेत रहेको छ । यस्तै डबल पेटल डिस्क ब्रेक, सिंगल च्यानल एबीएस, गोल्ड कलर अपसाइड डाउन फर्क, मोनोशक सस्पेन्सन, सिल्ड चेन, एलइडी हेडल्याम्प तथा टेलल्याम्प जस्ता फिचर नयाँ हर्नेट २।० मा उपलब्ध रहेको छ ।

