हुन्डाईको नयाँ कम्प्याक्ट सेडान कार ‘अउरा’

हुन्डाईको नयाँ जेनेरेशन कम्प्याक्ट सेडान एक्सेन्टको नाम परिवर्तन हुने भएको छ । कम्पनीले नयाँ जेनेरेशनको कम्प्याक्ट सेडान कार एक्सेन्टको नाम ‘अउरा’ राख्ने जानकारी दिएको हो ।

कम्पनीले यसमा कस्ता परिवर्तन वा नयाँ के छ भन्ने विषयमा केही बताएको छैन भने नाम परिवर्तनगरि अउरा राख्ने विषय भने पुष्टी गरेको छ । विभिन्न समयमा परिक्षणको क्रममा देखिएको अउरा एक्सेन्टभन्दा निकै आकर्षक र आरामदायी हुनेछ । 

कम्पनीले यसमा आफ्नो चर्चित सेडान एलेन्ट्राबाट धेरै फिचरहरु लिएको छ । जसको कारण पनि अउरा नाम घोषणासँगै यसलाई चासो राख्ने धेरै रहेका छन् । नयाँ अउरा ग्रान्ड आई १० नियोस र एलेन्ट्राको राम्रा फिचरले भरिभराउ हुने अनुमान गरिएको छ । 

एलइडी हेडलाईट, एलइडी टेल लाइट र ग्रिलसँगै दिइने डे टाइम रनिङ लाइटले अउरा निकै स्टाइलिस कम्प्याक्ट सेडान कार हुने छ । 

८ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, एप्पल कार प्ले र एन्ड्रोइड अटो, हुन्डाई व्ल्यू लिङक कनेक्टीभीटी, पछाडि एड्जस्टेवल हेड रेष्ट, आर्म रेष्ट जस्ता सुविधा यसमा उपलब्ध हुने छ । 

कम्पनीले यसमा १.२ लिटर कपा इन्जिन र १.२ लिटर डिजेल इन्जिन अप्सनमा बजारमा उतार्ने अनुमान गरिएको छ । 


Back_to_top