हुन्डाईले यसबर्षको अक्टोवरमा सार्वजनिक गर्न लागेको नयाँ कार नेक्ष्ट जेनेरेसन सेन्ट्रो भनेर मिडियाले लेखिरहेको भएपनि कम्पनीले अक्टोवर ८ तारिखमा आधिकारीक नाम घोषणा गर्ने जनाएको छ ।
विश्वमा नै आफ्नो उत्पादनले चर्चित बनेको दक्षिण कोरियाली अटो कम्पनी हुन्डाई भारतमा दोस्रो सर्वाधिक बिक्री हुने र ठुलो गाडी उत्पादक कम्पनी समेत हो । कम्पनी भारतीय बजारमा सन् २०२० सम्ममा ८ ओटा नयाँ कार सार्वजनिक गर्ने जनाएको छ ।
यसरी सार्वजनिक हुन लागेको कार मध्य सबैभन्दा पहिला सार्वजनिक कार हो नयाँ सेन्ट्रो । यसमा कम्पनीले महत्वाकाक्षी दुई वर्षमा १० लाख यूनिटट बिक्री गर्ने लक्ष्यसहित निकै ठूलो लगानी गरेको छ ।
कम्पनीले यसको मूल्य अकर्षक दिने अपेक्षा गरिएको छ । बिभिन्न रोपोर्टले लगाएको अनुमान अनुसार कम्पनीले नयाँ कारको मूल्य ३ लाख ५० हजारदेखि ६ लाख भारतीय रुपैयाँसम्म रहने छ ।
१.० लिटर र १.१ लिटर इन्जिनमा आउने यो कारलाई कम्पनीले मेनुयल र अटोमेटीक दुबै गिएरमा ल्याउने जनाएको छ ।
हुन्डाईले नयाँँ सेन्ट्रोमा टचस्क्रिन ईन्फोटेनमेन्ट सिस्टमसहित सुरक्षा फिचरमा एयरव्याग र एबिएसजस्ता सुविधा दिने अनुमान गरिएको छ ।

