नेपालमा नयाँ बेञ्चमार्क कायम गर्दै हुन्डाई क्रेटा र ग्राण्ड आई १०

काठमाडौं । हुन्डाई अहिले नेपालमा सर्वाधिक रुचाइने कार ब्राण्ड हो । केहि वर्ष अघिसम्म मारुती सुजुकीलाई पच्छाइरहेको हुन्डाई अहिले अगाडि निस्केको छ । यसमा सबैभन्दा ठूलो भूमिका कम्प्याक्ट एसयूभी क्रेटा र ह्याचव्याक कार ग्राण्ड आई १० को रहेको छ भन्दा गल्ती हुने छैन ।

सन् २०१६ मा आएको क्रेटा र २०१७ मा आएको ग्राण्ड आई १० को सफलताले नेपाली बजारमा हुन्डाईलाई पहिलो बनाएको हो । अहिलेसम्म यी दुबै मोडल ७/७ हजार यूनिट विक्री भइसकेको छ । कुनै एउटै मोडलले नेपाल जस्तो सानो कार बजारमा ४ वर्षमा ७ हजार यूनिट विक्री पुर्याउन सक्नु आफैमा ठूलो सफलता हो । यसले यी दुई मोडलले बजारमा नयाँ बेच्चमार्क कामय गर्दै अगाडि बढेको प्रस्ट देखाउँछ ।

उसोत यी दुबै मोडलको बजारमा प्रतिस्पधी नभएको भने होइन । मारुती सुजुकी स्वीफ्टसँग प्रतिस्पर्धा गर्न नेपाल आएको ग्राण्ड आई १० ले स्वीफ्टलाई पछाडि छाडेर आफु अगाडि लागेको छ भने क्रेटालाई ठूलो चुनौति दिने मोडल भने बजारमा थिएन । तर, पछिल्लो वर्ष कियाले सेल्टोस ल्याएर क्रेटासँग प्रतिस्पर्धा गरिरहेको छ । तर, नयाँ जेनेरेशन क्रेटा र ग्राण्ड आई १० नियोस नेपाल आएसँगै यसको विक्री निकै राम्रो संख्यामा वृद्धि भएको आयात तथ्यांकले देखाउँछ ।

डिजाइन, सुरक्षा, आरामदायी र सार्प फिनिसिङ हुन्डाईको बलियो पक्ष हो । कम मूल्यमा उत्कृष्ट डिजाइनका कार बजारमा ल्याएर बलियो पकड बनाएको हुन्डाईले भारतमा उत्पादन हुने अधिकांश मोडल नेपाल ल्याएर विक्री वितरण गर्दै आएको छ ।

लक्ष्मी इन्टरकन्टिनेन्टल नेपालको लागि हुन्डाईको आधिकारीक वितरक हो । कम्पनीले संचालन गरिरहेको ‘हुन्डाई परिवार’ क्याम्पेनले धेरै मानिसको दिमागमा गहिरो छाप छाडेको पाउन सकिन्छ । उसोत कम्पनीले ल्याउने नयाँ अफर तथा स्कीममा पनि ग्राहकको विश्वास धेरै रहेको पाउन सकिन्छ । देशभर रहेको सेल्स, सर्भिस र स्पेयर पार्टस्को नेटवर्क, विक्रीपछिको सेवा तथा कम्पनीका निकै आकर्षक गाडी उसको बलियो पक्ष हो ।

हुन्डाई मोटर कम्पनी विश्वका ५ औं ठूलो गाडी उत्पादक भइसकेको छ । कम्पनीले गर्ने इनोभेसनले विश्वका ठूला मानिने कार उत्पादकलाई हैरान बनाउन थालेको छ । डिजाइन, सुरक्षा, आरामदायी र सार्प फिनिसिङ हुन्डाईको बलियो पक्ष हो । कम मूल्यमा उत्कृष्ट डिजाइनका कार बजारमा ल्याएर बलियो पकड बनाएको हुन्डाईले भारतमा उत्पादन हुने अधिकांश मोडल नेपाल ल्याएर विक्री वितरण गर्दै आएको छ ।

क्रेटा र ग्राण्ड आई १० को रिसेल मूल्य

हुन्डाईका उत्पादन राम्रो रिसेल मूल्यका लागि नेपालमा चर्चित रहँदै आएको छ । त्यसमा पनि ग्राण्ड आई १० र क्रेटाको रिसेल मूल्य निकै उत्कृष्ट रहेको छ । विगत लामो समयदेखि रिकन्डिसन कार व्यवसायमा संग्लग्न व्यवसायीका अनुसार हुन्डाईका अधिकांश गाडी रिकन्डिसन हाउसमा वेटिङ पिरियड नै नरहेको बताउँछन् ।

‘हुन्डाईका कार उत्कृष्ट रिसेल मूल्य आउने कारमा पर्छन् । नयाँ गाडी विक्रेताले पनि सधै यसको रिसेल मूल्यमा ध्यान दिएको हामीले पाएका छौं । यस्तोमा बजारमा हुन्डाईका पुराना गाडी विक्री गर्न सजिलो भएकाले धेरै मानिस हुन्डाईमा आकर्षित भएको हुनु पर्छ’, श्रेया अटोमोवाइलका संचालक सचिन कुईँकेल भन्छन् ।

हामीले पुराना सेन्ट्रो नै १०/१२ लाखमा विक्री भइरहेको बजारमा देखेका छौं । यसले हुन्डाईका कारमा ग्राहकले ठुक्क भएर लगानी गर्ने गरेको देखिएको छ ।


Back_to_top