काठमाडौं । नेपालमा हुन्डाई क्रेटाले आफ्नो १० वर्षे यात्रा पूरा गरेको छ । नेपालका लागि हुन्डाईको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले सेप्टेम्बर १ मा हुन्डाई क्रेटाको १०औँ वार्षिकोत्सव मनाएको हो ।
आधुनिक डिजाइन, आरामदायी अनुभव, सुरक्षा र विश्वसनीयताका कारण हुन्डाई क्रेटा सार्वजनिक भएदेखि नै नेपालमा सबैभन्दा रुचाइएको र विश्वासिलो एसयूभी बन्न सफल भएको छ ।
साथै, क्रेटाले उत्कृष्ट पर्फमेन्स मार्फत नेपाली बजारको कम्प्याक्ट एसयूभी सेगमेन्टमा एक छुट्टै पहिचान बनाएको छ।
वर्षौंदेखि यसका विभिन्न मोडल तथा अपग्रेडहरू सार्वजनिक भएका छन् । जसले हरेक पटक पर्फमेन्स र स्टायलमा नयाँ मानक स्थापित गरेको छ ।
क्रेटा ईभीको आगमनसँगै यस एसयूभीले आफ्नो नवीन प्रविधिसँग दिगो र वातावरण मैत्री यात्रालाई एक साथ अगाडि बढाएको छ। अहिलेसम्मको यात्रामा, क्रेटाले नेपालका सडकहरूमा हजारौँ परिवारलाई भरपर्दो साथ र गुणस्तरीय सेवा दिँदै आएको छ।

