काठमाडौं । हुन्डाई इन्डियाले जनवरी २०२६ मा बिक्री बढाउन सफल भएको छ । कम्पनीले अघिल्लो वर्ष जनवरीको तुलनामा ९.४५ प्रतिशतले बिक्री बढाउन सफल भएको हो ।
कम्पनीले २०२६ को पहिलो महिनामा ५९ हजार १०७ युनिट कार भारतमा बिक्री गरेको छ । जुन अघिल्लो वर्षको ५४ हजार ३ युनिटको तुलनामा ५ हजार १०४ युनिटले धेरै हो ।
कोरियन कार निर्माताले भारतमा बिक्री बढाउँदा भारतबाट निर्यात पनि २०.९५ प्रतिशतले बढाउन सफल भएको हो । कम्पनीले जनवरी महिनामा १४ हजार ३० युनिट कार निर्यात गरेको छ । अघिल्लो वर्ष जनवरीमा भने ११ हजार ६०० युनिट मात्रै निर्यात गरेको थियो । कम्पनीको निर्यात अघिल्लो वर्षको भन्दा २ हजार ४३० युनिट धेरै भएको हो ।
स्थानीय बजार र निर्यात दुवै बढाएको हुन्डाईले जनवरी २०२६ मा ७३ हजार १३७ युनिट कार भारतमा उत्पादन गरेर बिक्री गरेको देखिन्छ ।
हुन्डाईको बिक्रीमा कुन मोडलको हिस्सा कति भन्ने विवरण बाहिर आएको छैन । तर, यसमा नयाँ जेनेरेशन भेन्यू र क्रेटाको हिस्सा बलियो रहेको अनुमान गर्न सकिन्छ ।

