हुन्डाईले १ महिनामै बेच्यो ६१ हजार कार

काठमाडौं । हुन्डाई इन्डियाले पछिल्लो एक महिनामै ६१ हजार युनिट धेरै कार बिक्री गरेको छ । कम्पनीले सन् २०२६ को मे महिनामा घरेलु र अन्तर्राष्ट्रिय बजारमा कुल ६१ हजार १३७ युनिट कार बेचेको हो ।

यो गत वर्ष सोही अवधिको तुलनामा ४.१४ प्रतिशत अर्थात् २४३६ युनिट धेरै हो । हुन्डाई सन् २०२५ मे का कुल ५८ हजार ७०१ युनिट कार बिक्री गरेको थियो ।

मेमा हुन्डाईको घरेलु बिक्री बढे पनि निर्यात भने घटेको छ । सन् २०२५ को मेको तुलनामा यो वर्ष घरेलु बिक्री ९.०७ प्रतिशतले बढेर ४७ हजार ८३७ युनिट पुगेको छ । गत वर्ष मेमा भारतमा ४३ हजार ८६१ युनिट कार बेचेको थियो ।

हुन्डाईको निर्णत भने १०.३८ प्रतिशतले घटेर १३ हजार ३०० युनिटमा सीमित भएको छ । गत वर्ष मेमा १४ हजार ८४० युनिट बिक्री गरेको थियो ।

हुन्डाईको कुल बिक्रीमा कुन मोडलको कति भन्ने तथ्यांक भने आइसकेको छैन । तर, यसमा नयाँ जेनेरेशन भेन्यू र क्रेटाको हिस्सा बलियो रहेको अनुमान गर्न सकिन्छ । कम्पनीले सन् २०२५ को नोभेम्बरमा बजारमा ल्याएको न्यू जेन भेन्युमा ग्राहकको उच्च आकर्षण देखिएको छ ।


Back_to_top