परीक्षणमा देखियो हुन्डाई ‘आयोनिक-टु’

काठमाडौं । पछिल्लो समय महँगा र प्रिमियम इलेक्ट्रीक मोडलमा केन्द्रित हुन्डाईले इन्ट्री लेभल ह्याचब्याक कारको परीक्षण सुरू गरेको छ ।

युरोपमा परीक्षणको क्रममा रहेको ह्याचब्याक कारको तस्बिर बाहिर आएसँगै नयाँ इन्ट्री लेभल मोडल तयार हुन लागेको अनुमान गरिएको हो ।

दक्षिण कोरियाली अटो जाइन्ट हुन्डाईले आफ्ना इलेक्ट्रीक नयाँ मोडलहरूलाई आयोनिक सब ब्राण्डमा ल्याउने घोषणा सन् २०२१ मै गरेको थियो । त्यही अनुसार आयोनिक-टु नामबाट ह्याचब्याक कार ल्याउन लागेको अनुमान छ ।

झट्ट हेर्दा कियाको ईभी-टुको जत्रै साइजमा आयोनिक-टु देख्न सकिन्छ । परम्परागत ह्याचब्याक कार जस्तै देखिएको आयोनिक-टु फिचरको मामलामा भने अब्बल हुने देखिन्छ । सिलिण्डर सेपमा दिइएको हेडलाइट लाइट, स्लोपिङ रुफ, पछाडिको एलइडी टेल लाइट युनिट देखिएको छ ।

यसमा कम्पनीले हाङकुकको टायर प्रयोग गरेको देखिन्छ । हुन्डाईको ग्लोबल मोडुलर प्लेटफर्ममा बन्ने ह्याचब्याक कारमा ५८ किलोवाट आवरको ब्याट्री र १५० किलोवाटको रियर ह्वील ड्राइभ मोटर रहने अनुमान गर्न सकिन्छ ।

हुन्डाई मोटर्सले पछिल्ला दिनमा एकपछि अर्को विद्युतीय कार मोडल तयार परिरहेको छ । त्यही अनुसार आउन लागेको ह्याचब्याक कार मुख्यतया युरोपियन बजारमा बिक्री गर्ने लक्ष्यका साथ बनाइरहेको हो ।

ब्याट्री र मोटर पावर हेर्दा नेपाल जस्तो बजेट कार खोज्ने बजारको लागि आयोनिक-टु खासै चासोको मोडल नहुन सक्छ ।


Back_to_top