यस्तो छ पिकअप निर्माणमा हुन्डाईको तयारी

हुन्डाई र किया मोटरले संयुक्तरुपमा निर्माण सुरु गरेको पिकअप सन् २०२१ मा मात्रै सार्वजनिक हुने भएको छ । सान्ता क्रुज अवधारणामा निर्माण भएको यो पिकअप ट्रक आकर्षक बडीसहित आउने भएको हो । 

कम्पनीले सन् २०१५ यसको प्रोटोटाइप सार्वजनिक गरेको थियो । 

सिंगल र डबल क्याब दुबै अप्सनमा रहने पिकअप पेट्रोल र डिजेल दुबै अप्सनमा उपलब्ध हुने कम्पनीले जानकारी दिएको थियो । 

हुन्डाईको यस मोडलले फोर्ड रेन्जर, जिप ग्लाडिएटर, निसान नाभारा, टोयोटा हाइलक्स जस्ता पिकअपसँग प्रतिस्पर्धा गर्ने कम्पनीले जनाएको छ । 

पिकअपमा २.० लिटर टर्बाे डिजेल इन्जिन दिइने कम्पनीले जनाएको छ । जसले, १९० हर्षपावर र ४०६ एनएम टर्क उत्पादन गर्छ । दुबै इन्जिनमा म्यानुअल र अटोमेटिक ट्रान्समिसन दिइएको छ ।

यो मोडल होन्डाई र किया दुबै कम्पनीको मल्टीपल बडी स्टाइलमा आउने छ ।


Back_to_top