क्रेटा ईभीको सफ्टवेयर अपडेट घोषणा, २५ किमीसम्म रेन्ज बढाउन सक्ने

काठमाडौं । हुन्डाई नेपालले क्रेटा ईभी ग्राहकहरूका लागि ड्राइभिङ रेन्ज बढाउन ब्याट्री म्यानेजमेन्ट सिस्टम (बीएमएस) अपडेटको घोषणा गरेको छ ।

कम्पनीले क्रेटा ईभी ग्राहकहरूलाई नजिकको आधिकारिक सेवा केन्द्रमा गई सफ्टवेयर अपडेट गराउन अनुरोध गरेको हो ।

कम्पनीका अनुसार यस अपडेटमा ब्याट्री म्यानेजमेन्ट सिस्टम (बीएमएस)को अप्टिमाइजेसन गरिएको छ । जुन नेपाली सडक र ड्राइभिङलाई ध्यानमा राखी क्यालिब्रेट गरिएको छ।

यस अपडेटपछि ग्राहकहरूले हालको रेन्जको तुलनामा करिब १५ देखि २५ किलोमिटरसम्म बढ्ने कम्पनीको भनाइ छ । नयाँ अपडेटले दैनिक आवागमन तथा यात्राका लागि क्रेटा ईभी प्रयोगकर्तालाई थप सुविधा, सहजता र भरोसा प्रदान गर्नेछ।

यस अपडेट सुविधा देशभरका हुन्डाई संजालमार्फत उपलब्ध गराइएको छ । क्रेटा ईभी ग्राहकहरूले यसको लाभ लिन सक्नेछन्।

विश्वसनीय ब्राण्डका रूपमा परिचित हुन्डाई नेपालले देशभर भरपर्दो बिक्रीपछिको सेवा उपलब्ध गराउँदै आएको छ । कम्पनीका देशभर ६३ भन्दा बढी रिल्याक्स रिचार्ज नेटवर्क छन् ।


Back_to_top