काठमाडौं । हुन्डाई मोटर इन्डिया लिमिटेडले छिट्टै आफ्नो दुई वटा नयाँ उत्पादन सार्वजनिक गर्ने भएको छ । यस अघि ई-जीएमपी प्लेटफर्ममा आधारित आयोनिक फाइभ फ्ल्यागसिप ईभी देखाएको कम्पनीले अब भने माइक्रो एसयूभी र मिडसाइज सेडान न्यू जेनेरेसन भर्ना लन्च गर्ने तयारी गरेको हो ।
कम्पनीका अनुसार भारतीय बजारमा मिडसाइज सेडान केही महिना पहिले नै आउने छ । त्यसैगरी, हुन्डाईको माइक्रो एसयूभीको सार्वजनिक हुन भने केही समय थप लाग्न सक्ने अपेक्षा गरिएको छ ।
१. हुन्डाई माइक्रो एसयूभी
हुन्डाई माइक्रो एसयूभीको डिजाइन विश्वबजारमा बिक्री वितरण हुँदै आएको क्यास्परबाट प्रभावित हुनेछ । यो एसयूभी ग्राण्ड आई १० नियोस बनेको प्लेटफर्ममा नै आधारीत हुनेछ ।

कम्पनीले आफ्नो आई १० र औरामा जस्तै माइक्रो एसयूभीमा पनि १.२ लिटर फोर सिलिन्डर पेट्रोल इन्जिन दिएको छ । यसले फाइभ स्पीड अटोमेटिक म्यानुअल ट्रान्समिसनसँग जोड्नेछ । यो पाँच सिट क्षमतासहित आउने अपेक्षा गरिएको छ ।
२. न्यू जेनेरेसन हुन्डाई भर्ना

न्यू जेनेरेसन हुन्डाई भर्ना आउँदो महिनाबाट नै बिक्री वितरण हुने जनाइएको छ । भारतका सडकमा यसलाई केहीपटक परीक्षणका क्रममा समेत देखिएको थियो । मिडसाइज सेडान लेटेस्ट सेन्सस स्पोर्टीनेस डिजाइन ल्यांग्वेजमा आधारीत हुनेछ ।
कम्पनीले नयाँ भर्नामा १.५ लिटर पेट्रोल र १.५ लिटर डिजेल युनिट गरी दुई विकल्प दिएको छ । यी दुईले समान आउटपुट प्रदान गर्दछ । यद्यपि, यसमा १.० लिटर थ्री सिलिन्डर टर्बोचार्ज्ड पेट्रोल इन्जिन समेत आउने सम्भावना छ । जसले १६० पीएस र २५० एनएम बढी टर्क उत्पादन गर्ने छ ।
यसमा रहेको इन्टेरियर निकै आकर्षक हुनेछ । यो वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो कनेक्टिभिटी, सनरुफ, पूर्ण डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल, एडीएएस आधारीत ड्राइभर असिस्ट र ठूलो टचस्क्रीन इन्फोटेनमेन्ट सिस्टमसहित आउने अपेक्षा गरिएको छ ।

